इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने सहमति भएकाे छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, रजिष्ट्रार प्रा.डा. पेशन दाहाल लगायत आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबीच बसेको छलफलले शुल्क नबढाउने निष्कर्ष निकालेकाे हाे ।

 शुल्क फिर्ता लिने निर्णयपछि अनशनरत विद्यार्थीहरूले अनशन तोडेका छन् । उनीहरूलाई जुस पिलाएर अनशन तोडाइएको हाे ।  शुल्क वृद्धि खारेजको माग राख्दै  पुल्चोक क्याम्पसका सुलभ चापागाईं भदौ ५ देखि अनशनरत थिए ।

त्यस्तै आजको छलफलमा विद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्ने पनि निर्णय भएको छ ।

संस्थानले‍ यसै शैक्षिक सत्रदेखि लागू हुने गरी बढाएकाे शुल्क खारेजीको माग राख्दै पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस आदिमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत

संविधान दिवसको अवसरमा एमालेको वाकाथन,अध्यक्ष ओली युवासंग पैदल यात्रामा

३० भदौ,काठमाडौं ।    संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा