भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा नेकपा एमालेले राष्ट्रिय महत्त्वका ५ सुझाव प्रधानमन्त्रीलाई दिएको छ। एमाले नेता तथा पुर्ब परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीका अनुसार एमालेले दिएको सुझावहरुमा निम्न बमोजिम रहेको छ : १.२०१६ मा प्रधानमन्त्रीले दुई देश बीचको सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो बनाउन आवश्यक सुझाव दिन भनेर बनाइएको प्रबुद्ध समूहले रिपोर्ट तयार गरेको ४ वर्ष भइसकेको छ । तर भारतको कारण यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम पनि भएको छैन । कार्यान्वयन त टाढाको कुरा भयो, त्यसैले प्रधानमन्त्रीले त्यसमा विशेष जोड दिनुपर्छ । यो कार्यान्वयन हुँदा मात्रै दुई देश बीचको सम्बन्धलाई नयाँ आयाम दिन्छ भन्ने कुरा हामीले गरेका छौ ।

.ऐतिहासिक तथ्य, प्रमाण सन्धि सबै कुराहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितका भूभाग नेपालका हुन भन्ने प्रस्ट छ । यी भूभागलाई नेपालले प्रयोग गर्न पाउनुपर्ने गरी टुङ्ग्याउनुपर्छ । यसलाई गम्भीरतापूर्वक राख्न भनेका छौँ।

३.नेपाल भारत व्यापारमा असाध्यै ठुलो घाटा छ । वाणिज्य सन्धिको पुनरावलोकन, नेपालका चिया, अलैँची, अदुवा, जुट र तरकारी लगायतका वस्तुको निर्बाध प्रवेशका लागि पुनरावलोकन हुनुपर्छ । नेपालको उत्पादनका लागि भारतको उदार रवैयाका लागि पहल गर्न भनेका छौँ ।

.पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ, २५ वर्षभन्दा बढी भइसक्यो । मुख्यतया पञ्चेश्वरमा पानीको बाँडफाँट अहिलेसम्म नटुङ्गिएको विषय हो । महाकाली सीमा नदी हो र त्यसको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुङ्ग्याउन भनेका छौँ ।

५.ऊर्जाका हकमा भारतले लामो समयदेखि होल्ड गरेर नेपालका नदीहरू राखेको छ । जस्तो अपर कर्णाली, पश्चिम सेती र एएसआर पनि भारतलाई दिने भनिएको छ । होल्ड मात्र हुने र नेपालले लाभ नहुने स्थिति बन्छ । त्यसैले परियोजना होल्ड मात्र नभएर त्यसको कार्यान्वयनका लागि टाइम बाउन्ड्री बनाएन र अपर कर्णालीको टुङ्गोमा पुगेर मात्र बाँकी सम्झौतामा अघि बढ्ने राम्रो हुन्छ भनेका छौँ । पूर्व समझदारी अनुसार एयर कन्ट्री रुट दिलाउने कुरामा गम्भीरतापूर्वक कुराकानी गर्न भनेका छौँ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत

संविधान दिवसको अवसरमा एमालेको वाकाथन,अध्यक्ष ओली युवासंग पैदल यात्रामा

३० भदौ,काठमाडौं ।    संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा