


स्वास्थ्यका जानकारकाअनुसार ५ करोड बराबरको अनुदानमा सामाग्री माग गर्दा कम्तीमा पनि मन्त्रालयस्तरको निर्णय हुनुपर्छ । तर, शाखा प्रमुख थापाले भने आफ्नै महाशाखा प्रमुखलाई पनि थाहै नदिएर सोझै युनिसेफलाई पत्र पठाएका थिए । थापाले आईएचआईएमएसको निर्णयअनुसार आईएचआईएमएसलाई विस्तार गर्न ५०० ल्यापटप सहयोग गरिदिन भन्दै २ जनवरी २०२२ मा पत्र पठाएका थिए । तत्कालीन समयमा व्यवस्थापन महाशाखाको प्रमुख रहेका डा. रुद्र मरासिनी युनिसेफसँग ५०० ल्यापटप सहयोग माग गर्ने विषयमा कुनै निर्णय नभएको बताउँछन् । ‘म निर्देशक हुँदा कसैसँग त्यत्रो ल्यापटप माग्ने निर्णय भएको थिएन्,’ उनी भन्छन्, ‘त्यत्रो अनुदान मागको कुनै पनि निर्णय कहिल्यै म एक्लैले गरिन् । यति ठूलो निर्णय गराउँदा महानिर्देशक वा मन्त्रालयलाई अनिवार्य निर्णयमा सहभागी गराउँथे ।’ उपसचिव थापाले त्यति ठूलो अनुदानका लागि युनिसेफलाई सोझै पत्र काट्ने हिम्मत कसरी गरे त्यो भने शंकाको विषय बनेको छ । उनले युनिसेफलाई पत्र काट्ने मात्र नभएर ल्यापटपको स्पेसिफिकेसन पनि आफै बनाएका छन् ।युनिसेफलाई पठाएको स्पेसिफिकेसन तयार गर्न उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का करारका कर्मचारी अभय श्रेष्ठलाई हात लिएका छन् । स्वास्थ्य सामाग्री खरिद प्रक्रियाका लागि स्थापना भएको महाशाखालाई वाइपास गर्दै अन्य कर्मचारीले थाहा नपाउन भनेर डब्लूएचओका करारका कर्मचारीलाई स्पेसिफिकेसनमा हस्ताक्षर गर्न लगाएका छन् । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा र आईएचआईएमएस शाखाका अन्य कर्मचारी भने युनिसेफले ११ अप्रिल २०२३ मा ५०० ल्यापटप बुझिदिन पत्र आएपछि छक्क परेका थिए ।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध