


स्वास्थ्यका जानकारकाअनुसार ५ करोड बराबरको अनुदानमा सामाग्री माग गर्दा कम्तीमा पनि मन्त्रालयस्तरको निर्णय हुनुपर्छ । तर, शाखा प्रमुख थापाले भने आफ्नै महाशाखा प्रमुखलाई पनि थाहै नदिएर सोझै युनिसेफलाई पत्र पठाएका थिए । थापाले आईएचआईएमएसको निर्णयअनुसार आईएचआईएमएसलाई विस्तार गर्न ५०० ल्यापटप सहयोग गरिदिन भन्दै २ जनवरी २०२२ मा पत्र पठाएका थिए । तत्कालीन समयमा व्यवस्थापन महाशाखाको प्रमुख रहेका डा. रुद्र मरासिनी युनिसेफसँग ५०० ल्यापटप सहयोग माग गर्ने विषयमा कुनै निर्णय नभएको बताउँछन् । ‘म निर्देशक हुँदा कसैसँग त्यत्रो ल्यापटप माग्ने निर्णय भएको थिएन्,’ उनी भन्छन्, ‘त्यत्रो अनुदान मागको कुनै पनि निर्णय कहिल्यै म एक्लैले गरिन् । यति ठूलो निर्णय गराउँदा महानिर्देशक वा मन्त्रालयलाई अनिवार्य निर्णयमा सहभागी गराउँथे ।’ उपसचिव थापाले त्यति ठूलो अनुदानका लागि युनिसेफलाई सोझै पत्र काट्ने हिम्मत कसरी गरे त्यो भने शंकाको विषय बनेको छ । उनले युनिसेफलाई पत्र काट्ने मात्र नभएर ल्यापटपको स्पेसिफिकेसन पनि आफै बनाएका छन् ।युनिसेफलाई पठाएको स्पेसिफिकेसन तयार गर्न उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का करारका कर्मचारी अभय श्रेष्ठलाई हात लिएका छन् । स्वास्थ्य सामाग्री खरिद प्रक्रियाका लागि स्थापना भएको महाशाखालाई वाइपास गर्दै अन्य कर्मचारीले थाहा नपाउन भनेर डब्लूएचओका करारका कर्मचारीलाई स्पेसिफिकेसनमा हस्ताक्षर गर्न लगाएका छन् । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा र आईएचआईएमएस शाखाका अन्य कर्मचारी भने युनिसेफले ११ अप्रिल २०२३ मा ५०० ल्यापटप बुझिदिन पत्र आएपछि छक्क परेका थिए ।
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज ३१ गते। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा पनि