चैत ३,काठमाडौं – बलिउड अभिनेता सलमान खानको बिग बोस कार्यक्रममा काम गरेका धादिङका विदुर पौडेल फिल्म बनाउने सपना लिएर गत बर्ष नेपाल फर्किए । फिल्म बनाएर उनी रातारात हिट हुन चाहन्थे । तर उनीसँग फिल्म बनाउने पैसा थिएन ।
फिल्म बनाउन करिब एक करोड लाग्ने हिसाब निस्कियो । तर आफन्तले पैसा दिएनन् । पैसा नभएपछि फिल्म बनाउने आफ्नो महत्वकांक्षा पूरा गर्न उनले एउटा मास्टर प्लान बनाए ।
गाउँकै एक साथीका मामा माइजू धनी रहेको सुनेका थिए । साथीकी माइजू प्रतिमा गिरी (अधिकारी) बालुवाटारस्थ्ति मुकुल सहकारीको संस्थाको अध्यक्ष थिइन् । उनैबाट पैसा असुल्ने योजना बनाए । अपहरणको धम्की दिएर एक करोड रुपैया असुल्ने ‘मास्टर प्लान’ पौडेलको थियो ।
भारतीय टेलिभिजन कार्यक्रम ‘सिआइडी’बाट सिकेर उनले आपराधिक योजना बनाई रकम असुल्ने योजना बनाए ।
-सुरुमा साथीसँग दोस्ती बढाए ।
-उनीहरुको डेरामा पनि नियमित जान थले ।
-खाईपिई गरेर बस्न थाले ।
-पछि तिनै साथीहरुबाट माइजूको सम्पत्ती तथा परिवारबारे सूचना लिए ।
-सिआईडीमा जस्तै उनले पनि साथीको मोबाइलको सिम चोर्ने योजना बनाए ।
-साथीले सुत्ने बेला सिरानीमा पर्स राख्थे । दुईवटा सिम भएकोले एउटा सिम कार्ड उनी पर्समा राख्थे । एकदिन साथीले थाहा नपाउने गरी सिम चोरी गरे ।
उक्त सिमबाट माइजूलाई धम्क्याउन थाले । तर अन्तत प्रहरीले उनलाई पक्राउ गर्न सफल भयो । आजको नयाँ पत्रिकामा खबर छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल
काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक
काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। मेघना
काठमाडौं, २७ असोज । हेमराज बिसीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक