ओस्कारमा उत्कृष्ट फिल्मका लागि १९१७ र प्यारासाइटको भिडन्त

काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक साम मेन्डेसनिर्देशित प्रथम विश्वयुद्धकालीन फिल्म १९१७ र दक्षिण कोरियाली निर्देशक बङ जुन होको प्यारासाइट उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा छन्।

मेन्डेस उत्कृष्ट निर्देशकका दाबेदार पनि मानिएका छन्। उनले सन् २००० मा अमेरिकन ब्युटी फिल्मका लागि पनि उत्कृष्ट निर्देशकको उपाधि हात पारिसकेका छन्।

‘सिंगल सट’ मा खिचिएको यो फिल्मको अधिकांशले प्रशंसा गरेपनि यसमा इतिहासको अनुपस्थिति रहेको भन्दै केहीले आलोचना गरेका छन्।

अर्कोतिर कोरियाली समाजमा विद्यमान वर्गभेद, बढ्दो आर्थिक असमानतामाथि बनेको प्यारासाइटले उत्कृष्ट फिल्मको उपाधि जित्ने पहिलो गैर अंग्रेजीभाषी फिल्म बनेर इतिहास रच्न सक्छ।

सबैजसो समीक्षकले यो फिल्मको एकस्वरमा प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको