June 17, 2017

कतार जाने कामदार घटे, युद्ध आर्थिक मन्दीको त्रास

 

असार 3, काठमाडौं–खाडी मुलुकवाट एक्लो वनाइएको कतारमा रोजगारीमा जाने नेपालीको संख्या पनि प्रतिदिन कम हुदै गएको छ । खाडीका आधा दर्जन भन्दावढी मुलुकले कुटनीतिक सम्वन्ध तोड्दै कतारलाई एक्लो बनाएपछि त्यहाँको सम्भावित युद्ध, आर्थिक मन्दीको कारणले रोजगारीमा जानेको संख्यामा कमी आएको हो । 

वैदेशिक रोजगार विभागका अनुसार अहिले गत महिनाको तुलनामा श्रम स्वीकृती लिनेको संख्या घटेको छ । अहिले सामान्य अवस्थाको भन्दा करिव ५० प्रतिशत कम कामदार रोजगारीका लागि कतार गइरहेका छन् भने श्रम स्वीकृती पनि ६० प्रतिशत कम भएको छ । यद्यपी, कतारमा संकट आउनुपूर्वनै श्रम स्वीकृती लिएका कामदार भने रोजगारीमा गइरहेका छन् । केही रोजगारी व्यवसायीले यस अघिनै ल्याएको माग पत्र (डिमाण्ड)मा श्रम स्वीकृती लिने क्रम भने रोकिएको छैन । 
पहिला आएको मागपत्र अनुसार पूर्व र अन्तिम श्रम स्वीकृती लिइरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताए । ‘अहिले रोजगारीमा जानेको संख्या केही घटेको देखिन्छ, श्रम स्वीकृती पनि कम नै छ’, उनले भने, ‘तर, पहिलानै लिएको मागमा श्रम स्वीकृती लिने र अन्तिम स्वीकृती लिएका कामदार भने रोजगारीमा गइरहेका छन् ।’
विभागका अनुसार अहिले खाडी मुलुकमा रमजान चलिरहेकाले पनि कामदारको माग कम हुन सक्ने अनुमान छ । यो समय उनीहरले कामदार माग गर्ने तथा रोजगारीमा लैजाने अवस्था नै कम हुने भएकाले कतारमा विकसित पछिल्लो घटनाक्रमले नै जानेको संख्या कम भएको भन्न सकिने अवस्था भने छैन । तर, समग्रमा कतारको भोलीको भविश्यका कारण अहिले वैदेशिक रोजगार व्यवसायी र कामदार दुवै पक्ष समेसम्म कामदार पठाउने र जाने पक्षमा देखिएका छैनन् । 
कतारले भर्खरै मात्र ठूलो संख्यामा युद्ध सामाग्री र युद्धविमानहरु खरिद गरेपछि त्यहाँको रोजगारीमा संकट आउनेमा व्यवसायी समेत सशंकित भएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलवहादुर तामाङ सम्भावित युद्ध र आर्थिक मन्दीले विदेशी कामदारको रोजीरोटीमा ठूलो संकट आउने खतरा रहेको औल्याउँछन् । कुटनीतिक रुपमा अहिलेको समस्या हल नभएमा कतारमा आर्थिक मन्दी आउन सक्दैन भन्ने स्थिती नरहेको उनको भनाई छ । सोही भनाइवाट पनि व्यवसायीहरु ततकाल कतारमा कामदार पठाउने पक्षमा त्रसित छन् । 
आर्थिक विकासको गतिमा तिव्ररुपमा अघि वढेको कतार पछिल्लो समय भने अफ्ट्यारोमा परेको हो । भोत्कि पूर्वाधाको विकासमा पनि कतार तिव्र रुपमा अघि वढीरहेको छ । सन् २०२२ मा कतारले विश्वकप फुटवलको आयोजना गर्दैछ । सोही कारण पनि पूर्वाधार क्षेत्रमा ठूलो संख्यामा नेपाली सहित विदेशी कामदार कतारमा छन् । पछिल्लो समयत वैदेशिक रोजगारीमा कतार नेपालीको मुख्य गन्तव्य नै वनेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा