जिफन्ट निकट नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) पञ्चपुरी नगरकमिटीको दोस्रो भेला सम्पन्न

१९ चैत, सुर्खेत, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) पञ्चपुरी नगरकमिटीको आइतबार सम्पन्न दोस्रो भेलाबाट पवित्रा बुढाको अध्यक्षतामा नौ सदस्यीय नगर कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा ईश्वरी अधिकारी, सचिव तुल्सी पौडेल, सहसचिव गंगा शाही र सदस्यहरुमा धनसरी खत्री, अन्जु घर्ती, राधा सुवेदी, सुशिला नेपाली र कृष्णा विष्ट सर्वसम्मत चयन  भएका छन् । भेलाकी प्रमुख अतिथि नेभा केन्द्रीय सदस्य भिमु रिजालले भेलाको पूर्ण सफलताको शुभकामना दिंदै स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई समाधान गर्न सबै ठाउँबाट एकजुट भई संगठनमा आवद्ध हुन र अधिकारका लागि लड्न प्रोत्साहित गर्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले न्यून वर्गका महिला दिदीबहिनीहरुले सिमान्तकृत र जोखिममा रहेका समुदायका बस्ती बस्तीमा अहोरात्र आधारभूत स्वास्थ्य सेवा दिंदै आइरहेको बर्षौ बित्यो, तर श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न स्थानीय सरकारले कार्याविधि निर्माण गरी उचित सेवा सुविधाको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । भेलाका अतिथि नगर स्वास्थ्य शाखा प्रमुख मनोहर उपाध्ययले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मागलाई मध्यनजर गर्दै कार्यपालिका तहमा कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा स्वास्थ्य चौकी प्रमुख तारा तिवारीले स्वयम्सेविकाहरुलाई पर्ने आपतविपत र जोखिमलाई सुनुवाई गर्न आफ्नो तर्फबाट दश हजार प्रदान गरी राहत कोष खडा गर्ने घोषणा गर्दै यसमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
नवनिर्वाचित नगर कमिटी सचिव तुल्सी पौडेलले यस नगरमा कार्यरत पन्चानब्बे जना स्वयम्सेविकाहरुको साझा समस्यालाई समाधान गर्न स्थानीय सरकारसँग सामाजिक सम्वाद थालनी गर्ने र अधिकार लिएरै छोड्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा पञ्चपुरी नगरपालिका वडा नं. ८ मा कार्यरत स्वास्थ्य स्वयम्सेवि स्व.लक्ष्मी राम्जाली मगरको सम्झनामा शोक सभा समेत आयोजना गरिएको थियो । सो शोक सभामा उहाँको श्रीमान् हेमन्त राम्जाली मगरलाई जिफन्ट प्रदेश कमिटीको तर्फबाट प्रदेश अध्यक्ष जिसीले १२ हजार नगद रकम राहत स्वरुप प्रदान गर्नुभयो ।
भेलामा नेभा प्रदेश अध्यक्ष दुर्गा धमला र क्यूपेक–नेपाल के.स. भिम प्रसाद न्यौपानेले भेलाको सफलताको शुभकामना दिनुभयो । पवित्रा बुढाको अध्यक्षतामा भएको सो भेलामा पञ्चपुरी नगरपालिकामा कार्यरत एकहत्तर जना स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम ईश्वरी पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत