विप्लवको पार्टी र धर्मेन्द्रको पार्टीका कार्यकर्ताबीच हानाहान !

मंसिर १८, भक्तपुर  ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र धमेन्द्र वास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत बीच आमने सामनेको हमला  हुन थालेको छ ।

विप्लव नेतृत्वको पार्टीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको वास्तोला नेतृत्वको पार्टीले आरोप लगाएको छ । पार्टी अध्यक्ष समेत रहेका धमेन्द्र वास्तोलाले आफ्नो पार्टीको मुख पत्र भनेर चिनिने ईरातो खबरमा लामो लेख नै लेखेर आफूहरुमाथि विप्लव समुहले भौतिक आक्रमण गरेको आरोप लगाएका छन् । उनका अनुसार नेकपा बहुमतका कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि सांघातिक हमला भएको छ । ‘यो हर्कत उनको विक्षिप्त मनोदशा, आपराधिक प्रवृति, हिनताबोध, लघुताभास र नीचताको पराकाष्ट हो,’ वास्तोलाले लेखमा भनेका छन् ।

उनले विप्लवमा क्रान्तिकारी भावना लक्ष सबै विसर्जन भएको र आपराधिक गतिविधिमा लागेको उनको आरोप छ ।

‘क्रान्तिकारी लक्ष्य, भावना र उत्सर्गको विसर्जन भैसकेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विसर्जित हुनु अनिवार्य थियो र विसर्जित पार्टी विप्लव–प्रकाण्ड गुटमा परिणत हुनु अनिवार्य थियो, भयो पनि । क्रान्तिकारी प्रतिष्ठा, जनताको विश्वास समाप्त भएपछि त्यो गुटमा आक्रोशको राग उम्लिएको छ, नक्कली अहंकारले राज गरेको छ र विक्षिप्त मनोदशा शरीरमा एसिडझैँ फैलिएको छ,’ उनले भनेका छन्,‘उनले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) विरुद्ध जे वाणीहरू बौछार गरेका छन् त्यसले उनको मानसिक हीनता, निकृष्ट संस्कृति, कुण्ठा र वितृष्णाको भारी बोकेको छ । यसको अन्तिम परिणाम भनेको आपराधिक हर्कतमा उत्रनु हो । उनका हर्कतहरू अहिले त्यही दिशामा बढेका छन् ।’

गत कार्तिक २३ गते पुनमाछि विप्लव समुहले आक्रमण गरेको नेकपा बहुमतको आरोप छ । उनको टाउकोमा तीन ठाउँमा गहिरो घाउ लागेको, आँखा र कानको बीचमा रहेको हड्डी भाँच्चीको र दायाँ हात खुट्टामा समेत गम्भिर चोट लागेको उनीहरुको भनाई छ ।
यता विप्लव समुहले भने उक्त घटनामा आफ्नो कुनै समलग्नता नरहेको भन्दै घाइते पुनमाथि नै सांस्कृतिक तथा आर्थिक  विचलनको आरोप लगाएको छ। बिप्लब निकट एक नेताका अनुसार धर्मेन्द्रको पार्टीले बिप्लबको नाम जोडेेर व्यावसायिलाई धम्काउने र पैसा असुल्ने लगायत विभिन्न अराजनीतिक गतिविधि गरिरहेको प्रमाण हामीले पाएका छौ त्यो बारेमा छानबिन गरेर कार्वाही गर्न सरकारका संबंधित निकायले चासो देओस भन्ने हाम्रो चाहना हो। उनीहरुले हामीलाई लगाएको आक्रमणको आरोप मिथ्या हो भनि जवाफ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)