मंसिर १८, भक्तपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र धमेन्द्र वास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत बीच आमने सामनेको हमला हुन थालेको छ ।
विप्लव नेतृत्वको पार्टीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको वास्तोला नेतृत्वको पार्टीले आरोप लगाएको छ । पार्टी अध्यक्ष समेत रहेका धमेन्द्र वास्तोलाले आफ्नो पार्टीको मुख पत्र भनेर चिनिने ईरातो खबरमा लामो लेख नै लेखेर आफूहरुमाथि विप्लव समुहले भौतिक आक्रमण गरेको आरोप लगाएका छन् । उनका अनुसार नेकपा बहुमतका कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि सांघातिक हमला भएको छ । ‘यो हर्कत उनको विक्षिप्त मनोदशा, आपराधिक प्रवृति, हिनताबोध, लघुताभास र नीचताको पराकाष्ट हो,’ वास्तोलाले लेखमा भनेका छन् ।
उनले विप्लवमा क्रान्तिकारी भावना लक्ष सबै विसर्जन भएको र आपराधिक गतिविधिमा लागेको उनको आरोप छ ।
‘क्रान्तिकारी लक्ष्य, भावना र उत्सर्गको विसर्जन भैसकेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विसर्जित हुनु अनिवार्य थियो र विसर्जित पार्टी विप्लव–प्रकाण्ड गुटमा परिणत हुनु अनिवार्य थियो, भयो पनि । क्रान्तिकारी प्रतिष्ठा, जनताको विश्वास समाप्त भएपछि त्यो गुटमा आक्रोशको राग उम्लिएको छ, नक्कली अहंकारले राज गरेको छ र विक्षिप्त मनोदशा शरीरमा एसिडझैँ फैलिएको छ,’ उनले भनेका छन्,‘उनले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) विरुद्ध जे वाणीहरू बौछार गरेका छन् त्यसले उनको मानसिक हीनता, निकृष्ट संस्कृति, कुण्ठा र वितृष्णाको भारी बोकेको छ । यसको अन्तिम परिणाम भनेको आपराधिक हर्कतमा उत्रनु हो । उनका हर्कतहरू अहिले त्यही दिशामा बढेका छन् ।’
गत कार्तिक २३ गते पुनमाछि विप्लव समुहले आक्रमण गरेको नेकपा बहुमतको आरोप छ । उनको टाउकोमा तीन ठाउँमा गहिरो घाउ लागेको, आँखा र कानको बीचमा रहेको हड्डी भाँच्चीको र दायाँ हात खुट्टामा समेत गम्भिर चोट लागेको उनीहरुको भनाई छ ।
यता विप्लव समुहले भने उक्त घटनामा आफ्नो कुनै समलग्नता नरहेको भन्दै घाइते पुनमाथि नै सांस्कृतिक तथा आर्थिक विचलनको आरोप लगाएको छ। बिप्लब निकट एक नेताका अनुसार धर्मेन्द्रको पार्टीले बिप्लबको नाम जोडेेर व्यावसायिलाई धम्काउने र पैसा असुल्ने लगायत विभिन्न अराजनीतिक गतिविधि गरिरहेको प्रमाण हामीले पाएका छौ त्यो बारेमा छानबिन गरेर कार्वाही गर्न सरकारका संबंधित निकायले चासो देओस भन्ने हाम्रो चाहना हो। उनीहरुले हामीलाई लगाएको आक्रमणको आरोप मिथ्या हो भनि जवाफ दिएका छन्।
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
काठमाडौँ, आश्विन ९, २०८२ ।नेकपा (माओवादी केन्द्र) ले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने निर्णय
काठमाडौँ, असोज ६ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहित ४ बुँदे