इजरायलको लागि ६० जना नेपाली केयर गिभरको फारम खुल्ला,चैत ९ गते सम्म भर्ना पाउने

Capture-22काठमाडौं, फागुन १८ – इजरायलले फेरी ६० जना नेपाली केयर गिभर लैजाने भएको छ । चार वर्ष तीन महिनाको श्रम सम्झौता गरेर ४८ जना महिला र १२ जना पुरुष कामदारले केयर गिभरका रुपमा इजरायल जान पाउने छन् ।

नेपाल र इजरायल सरकारबिच भएको दुई पक्षीय सम्झौता अनुसार नयाँ कामदार लैजान लागिएको हो । २०७२ साउन २२ गते नेपाली कामदारलाई केयर गिभरका रुपमा लैजान नेपाल र इजरायलबिच दुई पक्षीय सम्झौता भएको थियो । सम्झौता भए पछि गएको साउनमा ५९ जना नेपाली कामदार केयर गिभरका रुपमा इजरायल पुगिसकेका छन् । इजरायल जान योग्यता पुगेकाले आउँदो चैत ९ गतेभीत्र वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर काठमाडौंमा आफैं उपस्थित भएर निवेदन दिन सक्ने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो । आवेदन फारम विभागको वेवसाइट www.dofe.gov.np बाट डाउनलोड गर्न सकिन्छ । छनौट प्रक्रियामा लाग्ने स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष, हवाइ टिकट लगायतका खर्च कामदारले व्यहोर्नु पर्नेछ । बाँकी खर्च सम्बन्धित निकायले तिर्ने भएकाले नेपालका म्यानपावर कम्पनी वा एजेन्टसँग कारोबार नगर्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

 आश्विन १७, काठमाडौं । ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनि बिदा) मा चाहिँ

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक