कार्तिक २, नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुनः निर्वाचित भएका छन् । कपिलवस्तुको शिवगढीमा भएको पार्टीको नवौँ महाधिवेशनबाट विप्लव फेरि महासचिव बनेका हुन् । महाधिवेशनले ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति चयन गरेको छ । २५ असोजबाट सुरु भएको महाधिवेशनबाट विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । महाधिवेशनबाट विधान, नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भएको छ । महाधिवेशन २५ असोजमा विप्लवले उद्घाटन गरेका थिए । ५ असोजमा हुने भनिएको महाधिवेशन २० दिनपछि सरेको थियो । पहिलो केन्द्रीय कमिटीको बैठकले पार्टी प्रवक्ता, पदाधिकारी र पोलिटब्युराे चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रकाश डुम्रेले जानकारी दिए । महाधिवेशनका सबै निर्णयहरू काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ । २०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा