नेपालमा बसेर रोमानियांबाट पोर्चुगल मानव तस्करी,१० लाख खर्च जेलको बसाई


पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन।

वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री हुन थालेका छन। लाखौं खर्च गरेर त्यहाँ पुग्ने नेपालीको संख्या ह्वात्तै बढिरहेको छ।स्वदेशी मेनपावरहरुलाई लाखौं बुझाएर युरोपका विभिन्न देशमा पुगेका युवाहरू श्रम बेच्न पुगेका देशहरूमा पनि दलाहरुबाट ठगिने क्रम बड्न थालेको छ। यस्ता ठगी प्रकरण हरुमा सरकार मौन देखिएको छ।

पछिल्लो समय युरोपेली मुलुक रोमानियांमा ओर्किङ भिसामा पुग्ने नेपाली श्रमिकहरुको संख्या गुणात्मक रुपमा वृद्धि भएको छ। वैदेशिक रोजगार बिभागको पछिल्लो तथ्यांकअनुसार रोमानियांमा मात्रै १२ देखि १५ हजार नेपाली युवाहरुले श्रम बेचिरहेका छन। युरोपियन युनियनको अन्य देशहरुको तुलनामा रोमानियां बिकासउन्मुख राष्ट्र हो र त्यहांका नागरिकहरु अवसरको खोजीमा अन्य मुलुक जाने भएकोले पछिल्लो समय रोमानियांमा नेपाल लगाएत यसिएन मुलुकको श्रमिकहरुको माग बढिनै रहेको छ।युरोपको अन्य मुलुकको तुलनामा लागत दर पनि अलि कम साथै भिसा चान्सेस पनि ९० प्रतिशत रहेको कारण नेपाली मेनपावर हरुमा रोमानियां कामदार पठाउनको लागि प्रतिस्पर्धा नै चलेको छ।

स्वदेशी मेनपावरहरुलाई सरकारी लागत दर भन्दा पनि बीस गुना बढी पैसा बुझाएर,महिनौं कुरेर रोमानियां पुगेका नेपालीहरुले त्यति सुखद जिवान बांचिरहेका छैनन। श्रम सम्झौता अनुसार को पारिश्रमिक नपाउने, सम्झौता अनुसारको काम नपाउने,भाषाको समस्या र स्किल नहुंदा काम पाय पनि तुरुन्तै कार्यक्षेत्रबाट निकालिनु पर्ने समस्याहरू संगसंगै दलालहरुको प्रलोभनमा लाखौं ठगिने क्रम पनि व्यापक रहेको छ।  ठग्नेहरु अधिकाङ्स नेपाली दलालहरुनै हुन। काम लगाईदिने प्रलोभन देखि युरोपका शक्तिशाली मुलुक पठाईदिने प्रलोभनहरु सम्ममा पारि नेपालीहरु ठगिने गरेका छन। त्यस्तै पछिल्लो महिना मात्रै रोमानियांबाट पोर्चुगल लगिदिने बाहानामा ट्रक चढेर हिंडेका चार जना नेपालीहरु चेक रिपब्लिकको जेलामा बिगत तीन हप्तादेखी सजायं भोगिरहेका छन। उनिहरुलाई ट्रक चढाउने बन्दोबस्त मिलाउने एक अर्याल थरका दलाल हुन र उनी नेपालमै बस्छन्। उनले जनही ६ लाख रुपैयाँ लिएर उक्त सेटिङ मिलाएका थिए।अर्याल को नाममा ४ जनाबाट २४ लाख रकम पठाएको प्रमाण प्राप्त भएको छ। २४ लाख रुपैयाँ लिएर अर्याल चुपचाप बसेका छन भने जेलमा सजायं भोगिरहेका युवाहरूलाई कसरी छुटाउने भनेर कसैले पनि ध्यान दिएका छैनन।अझ यसबारे नेपाल सरकार र वैदेशिक रोजगार बिभाग बेखबर रहेको छ।

त्यस्तै रोमानियांबाट विभिन्न माध्यम प्रयोग गरेर पोर्चुगल लगाएतको सम्पन्नसाली मुलुक हिंडेका सयौं नेपालीहरु यतिखेर अस्ट्रियाको श्रणार्थी क्याम्पमा छन् । प्राय रोमानियाबाट ट्रकमा जानेहरु हुन । साथमा भएको पैसा मोबाइल फोन लगाएत सामाग्रीहरु सबै त्यहाँको सुरक्षा निकायले जफत गरेको छ भने नेपाली निकाय लाई भेट्न र सम्पर्क गर्न समेत दिएको छैन भन्ने खबर प्राप्त भएको छ। त्यहाँ बाट विभिन्न बिधि अबलम्बन गरेर निस्किएका हरु यतिखेर बिचल्ली स्थितिमा सडकमै सुतिरहेका छन भन्ने खबर छ। यसबारे परराष्ट मन्त्रालय र वैदेशिक रोजगार बिभागको ध्यान बेलैमा जान जरुरी छ।

पछिल्लो समय युरुपियन मुलुक मार्फत मानव तस्करी हुने देश रोमानियां बनेको छ।यसको निमित्त नेपाल देखि रोमानियां र पोर्चुगल सम्मनै ठुलै गिरोह सकृय रहेको जानकारहरु बताउँछन्। नेपालमा रहने दलालहरुको समुहले जसरी हुन्छ धेरै मान्छे पठाउने,रोमानियांमा हुने गिरोहले त्यहाँबाट भाग्नको लागि सवारी साधनको बन्दोबस्त गर्ने र पोर्चुगलमा हुने गिरोहले पोर्चुगल पुगिसके पछिको जिम्मेवारी लिने सौदामा नेपाली युवाहरूलाई तस्करी गर्ने गरेका छन। यसका लागि नेपाल देखि रोमानियां पुग्नको लागि ५ देखि सात लाख र त्यहाँबाट पोर्चुगल जानको लागि ६ देखि १० लाख सम्म प्रतिब्यक्ती असुल्ने गरेका छन।

यसरी स्वदेशमा श्रम र रोजगारी अभावको कारणले दुख पाएर परदेश हिंड्न वाध्य नेपालीहरुले बिदेशमा पुगेर पनि चयनको जीवन बांच्न पाई रहेका छैनन। युरोपेलि मुलुकहरूमा पुर्‍याउने बाहानामा स्वदेशमा पनि करोडौं ठगी धन्दा चलिरहेको छ। ठगिमा परेकाहरुले न्याय त परै जाओस् उल्टो ठग र दलाल हरुलाई नै राजनीति र सरकारी संरक्षणमा उन्मुक्ति दिने चलन हाम्रै आँखा अगाडी धेरै देखिंदै आएका छन।

युरोपेलि मुकुकहरुमा रोजगारीको आकर्षण देखिए पनि वास्तविकता खाडी मुलुकको भन्दा भयावह र हृदविदारक छ। १०औं लाख रुपैयाँसम्म खर्च गरेर विभिन्न दलाल र मेनपावरहरु मार्फत युरोपियन देशमा वैदेशिक रोजगारीमा जाने सयौं युवा त्यहाँ बिचल्लीमा परेका छन्।अधिकाङ्स श्रम शोषण, जोखिमपूर्ण काम र उच्च लगानीका कारण युरोपमा रोजगारीको सपनामा धेरै युवाहरुको जीवन र भबिस्य बर्बाद भइरहेका छ। सम्बन्धित निकायको ध्यान बेलैमा नजाने हो भने स्थिति झनै बिग्रने र नियन्त्रण बाहिर जाने लक्षण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग