स्पाम ईमेलबाट  कसरी जोगिने ?

ईमेल बाहेक स्पाम, टेक्स्ट, मेसेज वा सोशल मिडिया मार्फत पनि पठाउन सकिन्छ । स्पाम ईमेल सायदै कसैलाई मन पर्छ होला । यदि इनबक्समा स्पाम ईमेललाई ठीकसँग फिल्टर गरिएन र नियमित रूपमा डिलिट गरिएन भने खतरा पनि निम्तिन सक्छ ।

स्पामरहरूले तपाईँको डिभाइसमा मालवेयर डाउनलोड गर्न, तपाईँको डेटा लैजान वा पैसा निकाल्न नियमित रूपमा यस्ता ईमेल पठाउने विधि र मेसेज परिवर्तन गरिरहन्छन् । स्पाम ईमेलहरू प्रायः सधैं व्यवसायिक हुन्छन् र वित्तीय उद्देश्यबाट परिचालित हुन्छन् ।

स्पामरहरूले शंकास्पद वस्तुहरू प्रवर्द्धन गर्ने तथा बिक्री गर्ने प्रयास गर्दछन् । धेरै जसो स्पाम ईमेलहरू फार्मा, एडल्ट कन्टेन्ट, वित्तीय सेवा, अनलाइन डिग्री, अनलाइन जुवा, क्रिप्टो, ‘वर्क फ्रम होम’ रोजगारीसँग सम्बन्धित हुन्छन् । 

स्पाम शब्द मोन्टी पाइथन फ्लाइङ सर्कस स्केचबाट आएको हो । यद्यपि स्पामको पूरा रूप ‘फर्म स्टुपिड पोइन्टलेस एन्नोइङ मालवेयर’ (Stupid Pointless Annoying Malware) भन्ने बुझिन्छ ।

स्पाम, स्पामर र स्पामबट (Spam, Spammer and Spambot)

स्पामरहरूले स्पामबट (अनलाइनमा स्वचालित तवरमा सञ्चालन हुने टुल) मार्फत ईमेल एड्रेस खोज्छन् । यसरी खोजिएका ईमेलको एउटा डिस्ट्रिब्युसन लिस्ट तयार गर्छन् ।

यो सूची हजारौँको सङ्ख्यामा हुन्छ । ईमेल डिस्ट्रिब्युसन लिस्टमा अनेकौँ ईमेल एड्रेसहरू हुन्छन् । स्पामरहरूले त्यही डिस्ट्रिब्युसन लिस्टलाइ प्रयोग गरेर जङ्क ईमेल पठाउने गर्छन् ।

छोटो समयमै धनी भइने वा तथाकथित औषधि व्यवसायहरूबाट चामत्कारिक रूपमा तौल घटाउने जस्ता दाबी सहितका प्रलोभनमा पार्ने ईमेलहरू हुन्छन् । स्पाम ‘कन्भर्जन रेट’ (रूपान्तरण दर) निकै कम छ ।

अर्थात यस्ता स्पाम ईमेलमा निकै थोरै व्यक्तिहरू मात्रै फस्छन् । स्पामरहरूले धेरै प्रयोगकर्तालाइ एकैपटक ईमेल गरे पनि थोरै प्रापकले मात्र त्यसमाथि प्रतिक्रिया जनाउँछन् । यद्यपि सजिलैसँग ‘सिंगल स्ट्रोक’ (एकै पटक) मा धेरै ईमेल एड्र्रेसहरूमा स्पाम ईमेल  पठाउन सकिने भएकाले आधुनिक डिजिटल अर्थतन्त्त्रमा स्पाम ठूलो समस्याको रूपमा उदाएको छ।  

स्पामको इतिहास (Spam History) 

स्पाम वर्तमान समस्या भएपनि धेरै दशक अगाडि नै सुरु भएको हो । सन् १९९८ मा ‘डिजिटल इक्विप्मेन्ट कर्पोरेसन’ (हाल बन्द ) का  गेरि थुअर्कले कम्पनीको नयाँ प्रोडक्टको प्रवर्द्धन गर्न पहिलो पटक स्पाम ईमेल पठाएका थिए।  

सन् २००३ सम्म, विश्वव्यापी रूपमा पठाइएका ईमेल मेसेजमा ८० देखि ८५ प्रतिशतसम्म स्पाम ईमेल थिए । यो पहिले नै यति व्यापक समस्या बनिसकेको थियो कि संयुक्त राज्य अमेरिकालेले सन् २००३ मा ‘नन-सोलिसेटेड पोर्नोग्राफी एण्ड मार्केटिङ’ (CAN-SPAM) ऐन पास गर्नु परेको थियो ।

‘क्यान-स्पाम’ अझै पनि सबैभन्दा महत्त्वपूर्ण नियम हो, जसलाई स्पामरको रूपमा ‘लेबल’ लाग्नबाट जोगिन वैधानिक ईमेल मार्केटरहरूले पालन गर्नुपर्छ । 

सन् २०२० को मध्य र सन् २०२१  को सुरुवाति चरणमा, दैनिक औसत स्पाम ईमेलको मात्रा ३१६ अर्ब ३९ करोड बाट लगभग १२२ अर्बमा झरेको छ। यद्यपि, अहिले पनि दैनिक पठाइने ईमेलहरूमा ८५ प्रतिशत स्पाम हुने गर्छन् ।  

स्पामिङ विधिहरू (Spamming Techniques): 

स्पामरले विभिन्न विधि मार्फत स्पाम ईमेल पठाउन प्रयोग गर्छन् ।  जसमध्ये सर्वाधिक प्रयोग हुने विधिहरू निम्नअनुसार छन् : 

१. बोटनेट (Botnet): बटनेट मार्फत स्पामरले कमाण्ड एण्ड कन्ट्रोल सर्भर (एक सर्भर जसले बोटनेट नियन्त्रण गर्न मद्दत गर्दछ र स्पाम ईमेल डिस्ट्रिब्युसन लिस्ट पठाउन मद्दत गर्छ) प्रयोग गरी  स्पाम ईमेल पठाउछँन् ।

२. स्नोशु स्पाम(SnowShoe Spam): यो विधिअन्तर्गत स्पामरले इन्टरनेट प्रोटोकल एड्रेस (IP Address) प्रयोग गरी धेरै जनालाई एकैपटक स्पाम ईमेल पठाउँछन् ।

३. ब्ल्याङ्क ईमेल स्पाम (Blank Email Spam):  यो तरिका अपनाउँदा स्मामरले खाली ईमेल मेसेज पठाउँछन् । जस्तै खाली ईमेलहरूले ईमेलमा सम्मिलित ‘हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज कोड’ मार्फत फैलिन सक्ने भाइरस र वर्म (किरा) लुकाउन सक्छन् ।

४. इमेज स्पाम (Image Spam) : प्रयोगकर्ताले पढ्न नमिल्ने/नसक्ने खाले ईमेल अक्षरलाई जेपीईजी (JPEG) वा जीआईएफ (GIF) फर्म्याटमा स्टोर गरेर राखिन्छ। यो विधिमार्फत ‘अक्षरमा आधारित स्पाम फिल्टरहरू’बाट ‘डिटेक्ट’ (पहिचान) नहोस् भन्नका लागि स्पामरहरूलाई केही हदसम्म सहयोग मिल्छ ।  

स्पामबाट कसरी जोगिने ?

सेक्युरिटी एप्लिकेसन वा ईमेल सिस्टम एड-अन जस्ता ईमेल स्पाम फिल्टरले धेरैजसो स्पाम ईमेलहरूलाई इनबक्सको साटो स्पाम फोल्डरमा लगेर राखिदिन्छन् । स्पामलाई पूर्ण रूपमा हटाउन नसके पनि निम्न प्रक्रिया मार्फत स्पाम ईमेलहरूबाट हुने जोखिम कम गर्न सकिन्छ ।

१. इनबक्समा देखिने शङ्कास्पद ईमेललाइ रिपोर्ट, ब्लक वा डिलिट गर्ने 

२. लोकल ईमेल क्लाइन्टहरूमा थर्ड पार्टी एन्टिस्पाम फिल्टर एड गर्ने

३. बारम्बार स्पाम ईमेलहरूमा देखा पर्ने विशेष शब्दहरू वा वाक्यांशहरू समावेश गराएर फिल्टरलाई कस्टमाइज गरी त्यस्ता ईमेल ब्लक गर्ने ।

४. अज्ञात प्रेसकबाट ईमेलमा आउने लिङ्कहरूमा क्लिक नगर्ने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने