माओवादी स्थायी कमिटीका ४ निर्णयहरु

काठमाडौँ, २५ असार । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले ४ वटा निर्णयहरु गरेको छ ।केन्द्रीय समितिको बैठकपछिको पहिलो स्थायी कमिटीको बैठकले गरेको निर्णयहरू यी हुन् :

१. स्थानीय तह निर्वाचनमा घात अन्तर्घात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो ।

२. पार्टीको विद्यार्थी संगठनमा रहेको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रेमश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरिएको छ । अब उनीको सुझावको आधारमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने छ ।

३. प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् ।

४. प्रदेशहरूमा प्रशिक्षण र बैठकहरू गर्ने । १६ साउनमा सुरु भएका बैठकहरू ३ भाद्रमा सकिनेछन् । १८ साउनमा गण्डकीमा, २० साउन प्रदेश १ मा, २४ साउनमा लुम्बिनी, २८ साउनमा सुदूरपश्चिममा, २९ साउन कर्णालीमा, ३० साउन विशेष, १ भदौ सम्पर्क समन्वय, ३ भदौमा प्रवास बैठक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग