अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज

एजेन्सी, ११ असार । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ ।

यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु गैरकानुनी हुनेछ । तर आदेशले राज्यहरुलाई गर्भपतन गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प भने दिएको बीबीसीले उल्लेख गरेको छ ।

अदालतको पछिल्लो निर्णयबाट सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीको माग सम्बाेधन भएको छ । ‘रो विरुद्ध वेड’ मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ ।

सर्वोच्च अदालतमा यो निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश रहेका थिए । यो विषयलाई लिएर रिपब्लिकन र डेमाक्रेटिक पार्टीहरुको विचार फरक-फरक थियो । सन् १९८० सम्म यो मुद्दा त्यहाँको एक प्रमुख राजनीतिक विषय बनेको थियो । तर कानुनी रुपमा भने यो विषयले अहिले नयाँ आकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल