काठमाडौं, यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो।
योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताए। आगामी दिनमा विभागले प्रणालीबाट नै मूलकभरको सेवा कार्यालयमा आवेदन लिन सक्नेछन् । आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा सम्पर्क मिति १५ दिनभन्दा बढीको नहुने र सो समयभन्दा बढी लाग्ने देखिएमा आवेदन नलिने गरी सिस्टम विकास गर्न लागेको विभागका महानिर्देशक घिमिरेले बताए । यसले गर्दा हाल देखिएको लामो समय प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ रहेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू