काठमाडौं, ३ चैत्र: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावमा तालमेलको सम्भावनाको ढोका बन्द नभएको बताएका छन् । आज बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भन्ने नभएको बताउँदै त्यस्तो ढोका बन्द नभएको स्पष्ट पारे ।
‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन,’ एमालेसँग चुनावी तालमेल र सहकार्यबारे पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘हामी गठबन्धनलाई चुनावसम्म लाने उद्देश्यमा छौं । यसमा नेपाली काँग्रेसको व्यवहारमा भर पर्ने कुरा हो ।’
काँग्रेसका केही नेताहरुले माओवादीसँग सहकार्य र तालमेल नगर्ने अतिवादी व्यवहार देखाइरहेको बताउँदै प्रचण्डले भने, काँग्रेसले लखेट्न नै थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिदैन ।
माओवादीले प्रधानमन्त्री बन्ने भन्दा पनि बनाउँदै आएको उल्लेख गर्दै धेरै असम्भव भनिएको विषयलाई सम्भव बनाएको दाबी गरे । उनले गठबन्धनलाई हरहालतमा बचाउने पक्षमा आफू रहेको र प्रधानमन्त्री शेरबहादुर देउवा पनि रहेकाले यो बाहेकको विकल्पमा तत्काल जाने अवस्था नरहेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै निषेधात्मक सोच भएकासँग तत्काल सहमति र सहकार्यको सम्भावना नरहेको बताए । उनले गठबन्धनमा चुनावी तालमेल हुने बताउँदै भने, ‘सबै ठाउँमा सबै दलबीच तालमेल हुन्छ भन्ने छैन । यसमा नेपाली काँग्रेसमा भर पर्ने विषय हो ।’
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र