सङ्कट देखाएर मूल्य वृद्धि

काठमाडौँ, फागुन २६ गते । रुस–युक्रेन युद्धका कारण नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य ५० रुपियाँ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक साताअघि प्रतिलिटर २३० रुपियाँमा किनबेच भएको सनफ्लावर र भटमास तेलको मूल्य अहिले बढेर २८० रुपियाँ नयाँ प्रिन्ट गरेको तेल बजारमा आएको छ ।

सङ्घका महासचिव आमुल तुलाधरले युक्रेनमा युुद्ध सुरु हुनेबित्तिकै नेपाली बजारमा उद्योगीले खानेतेल बढाउँदा पनि सरकारका जिम्मेवार नियमनकारी मौन बनेको आरोप लगाउनुभयो । “युक्रेन युद्ध हुनेबित्तिकै नेपालमा तेल कसरी बढयो ? जबकी उद्योगीले तीन महिनालाई पुग्ने कच्चा तेल त पहिले नै स्टोर गरेका हुन्छन् । यो कुरा सरकारका नियमनकारी निकायलाई राम्ररी थाहा छ तर पनि किन चुप ?” उहाँले प्रश्न गर्नुभयो ।

तेल उद्योगीले भने युुक्रेन–रसियाको युद्ध सुरु भएपछि नेपालमा आयातका लागि गरेका सबै अर्डर रद्द भएकाले बजारमा तेलको उत्पादन घटेको दाबी गरेका छन् । नेपाली बजारको तेलको माग करिब ५० प्रतिशत पूर्ति गर्दै आएको दुगडले आफ्ना समूहले उत्पादन गरेका तेल बजारमा पर्याप्त भएको दाबी गर्दै आएको छ । दुगडले इन्धनको मूल्य वृद्धिले ढुवानीको लागत बढेसँगै तेलको भाउ केही बढेको जनाएको छ ।

बजार अनुुगमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले उद्योगी तेलको मूल्य बढ्नुको यर्थाथ प्रमाण उपलब्ध गराउन उद्योगीलाई पुनः निर्देशन दिएको जानकारी दिनुभयो । यसअघि उद्योगले विभागमा बुझाएको विवरण चित्त बुझ्दो नभएपछि विभागले उद्योगीलाई बोलाएर नै ढुवानी लागत र तेलको उत्पादन लागत स्पष्ट हुने कागजात उपलब्ध गराउन निर्देशन दिएको उहाँको भनाइ छ ।

महानिर्देशक श्रेष्ठले भन्नुभयो, यसअघि विभागले मागेको विवरणमा बैङ्कको ब्याज, ढुवानी, कच्चा तेल बढेकोलगायतका कुरा उल्लेख गरेर बढाइएको भनिएको छ, अहिले तेलको मूल्य हेर्दा त्यो त्यति चित्त बुझ्दो नभएपछि थप कागजात माग गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको