सङ्कट देखाएर मूल्य वृद्धि

काठमाडौँ, फागुन २६ गते । रुस–युक्रेन युद्धका कारण नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य ५० रुपियाँ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक साताअघि प्रतिलिटर २३० रुपियाँमा किनबेच भएको सनफ्लावर र भटमास तेलको मूल्य अहिले बढेर २८० रुपियाँ नयाँ प्रिन्ट गरेको तेल बजारमा आएको छ ।

सङ्घका महासचिव आमुल तुलाधरले युक्रेनमा युुद्ध सुरु हुनेबित्तिकै नेपाली बजारमा उद्योगीले खानेतेल बढाउँदा पनि सरकारका जिम्मेवार नियमनकारी मौन बनेको आरोप लगाउनुभयो । “युक्रेन युद्ध हुनेबित्तिकै नेपालमा तेल कसरी बढयो ? जबकी उद्योगीले तीन महिनालाई पुग्ने कच्चा तेल त पहिले नै स्टोर गरेका हुन्छन् । यो कुरा सरकारका नियमनकारी निकायलाई राम्ररी थाहा छ तर पनि किन चुप ?” उहाँले प्रश्न गर्नुभयो ।

तेल उद्योगीले भने युुक्रेन–रसियाको युद्ध सुरु भएपछि नेपालमा आयातका लागि गरेका सबै अर्डर रद्द भएकाले बजारमा तेलको उत्पादन घटेको दाबी गरेका छन् । नेपाली बजारको तेलको माग करिब ५० प्रतिशत पूर्ति गर्दै आएको दुगडले आफ्ना समूहले उत्पादन गरेका तेल बजारमा पर्याप्त भएको दाबी गर्दै आएको छ । दुगडले इन्धनको मूल्य वृद्धिले ढुवानीको लागत बढेसँगै तेलको भाउ केही बढेको जनाएको छ ।

बजार अनुुगमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले उद्योगी तेलको मूल्य बढ्नुको यर्थाथ प्रमाण उपलब्ध गराउन उद्योगीलाई पुनः निर्देशन दिएको जानकारी दिनुभयो । यसअघि उद्योगले विभागमा बुझाएको विवरण चित्त बुझ्दो नभएपछि विभागले उद्योगीलाई बोलाएर नै ढुवानी लागत र तेलको उत्पादन लागत स्पष्ट हुने कागजात उपलब्ध गराउन निर्देशन दिएको उहाँको भनाइ छ ।

महानिर्देशक श्रेष्ठले भन्नुभयो, यसअघि विभागले मागेको विवरणमा बैङ्कको ब्याज, ढुवानी, कच्चा तेल बढेकोलगायतका कुरा उल्लेख गरेर बढाइएको भनिएको छ, अहिले तेलको मूल्य हेर्दा त्यो त्यति चित्त बुझ्दो नभएपछि थप कागजात माग गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा