February 12, 2022

दाङ आगलागी : छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् ।

‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन् । उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परी पाँच जनाको मृत्यु भएको थियो ।

तेस्रो तलामा सुतेका नजरदिन अलिको परिवारले दर्दनाक पीडा भोग्यो । श्रीमती लैला मिया, ७० वर्षका बुबा र पाँच वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन १३ वर्षीय सुजिता खातुन र ६ वर्षका छोरा आदिददिन खातुनलाई लिन भन्दै गए । तर, आगोको लप्कामा परेर दुई छोरा छोरीसहित नजर दिन आगोमै बिलाए । सो आगलागीमा तीन जना स्टाफसहित आठ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे आगलागी भएको प्रहरीले थाहा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत