तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्।

दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए।
जनता समाजवादी पार्टीका नेता मनिष सुमनले दाहालबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र दुभाग्र्यपूर्ण भएको बताउँदै भने, ‘दाहाल आफैं विदेशबाट सञ्चालित छन्। उनी चीनबाट सञ्चालित नेता हुन्।’ आफूहरू राष्ट्रियताप्रति हृदयदेखि नै प्रतिबद्ध भएको बताउँदै सुमनले थपे, ‘यो देशको मूल नेपाली भनेको हामी हौं।
हामी कतैबाट सञ्चालित छैनौं। आफ्नो माटोप्रति प्रतिबद्ध छौं।’ दाहालको बोलीको ठेगान नभएको आरोप पनि उनले लगाए। ‘उहाँले कुन बेला के भन्नुहुन्छ, पत्तै हुन्न। उहाँको बोलीको ठेगान हुँदैन। विदेशबाट सञ्चालित भएको व्यक्तिको बोली यस्तै हुन्छ’, उनले भने।
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने