निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ दलहरूबीच परामर्श गरेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
स्थानीय तह निर्वाचनको मिति सम्बन्धमा आयोगले अर्को मिति प्रस्ताव गर्न लागेको हो भन्ने जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “आयोग तयारी गर्दैछ, प्रधानमन्त्रीसँगको छलफलपछि थप प्रस्ट हुनेछ ।” आयोगले प्रधानमन्त्रीसँग छलफलका लागि समय माग्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय