January 24, 2022

बजेटको आकारभन्दा व्यापार घाटा बढी

स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । पोहोर साल सोही अवधिमा व्यापार घाटा ६ खर्ब रुपैयाँ थियो । धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ । १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय