नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताए ।
संक्रमण दर बढे पनि जटिल अबस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
पछिल्लो साताको तुलनामा हाल १४.०२ प्रशिततले कोरोना संक्रमण दर बढेको डा. अधिकारीले बताए । मन्त्रालयका अनुसार देशभर आईसीयूमा १ सय ६९ जना उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना कोरोना संक्रमित उपचाररत छन् ।
दोस्रो लहरमा कोरोना संक्रमणको दर बढेसँगै जटिल खालका बिरामी थपिनेको संख्या बढेका थिए । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै नेपालमा देखिएको कोरोना संक्रमित गम्भीर खालको समस्यामा देखिएका छैनन् । हाल ५० हजार सक्रिय संक्रमित देखिँदा अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनेको संख्या १ सय ७९ जना मात्रै रहेको डा. अधिकारीले जानकारी दिए ।
हाल यो भेरिएन्ट छिटो फैलने र छिटो निको हुने क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिना साथ पीसीआर परीक्षण नगर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा ईडीसीडीका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ पाँच दिन क्वारेन्टाइन बसाइँपश्चात् मात्र कोभिड परीक्षण गर्नुपर्ने बताए ।
ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक छ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्छ । पाँच दिन क्वारेन्टाइन, नभए सात दिनसम्म आइसोलेसनमा बस्नुपर्छ, निर्देशक डा. पौडेलले भने, ‘यो भेरियन्टमा ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु कोभिडका लक्षण हुन सक्छन्, उनले भने, ‘पहिलाको तुलनामा अस्पतालमा भर्ना हुने दर कम देखिएको छ ।’ उनले हावा खेल्ने ठाउँमा बस्दा कोरोना संक्रमण फैलन नसक्ने भएकाले खुला ठाउँमा बस्न सुझाव दिए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय