वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन् । बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको पुरानो सम्बन्धका कारण उपरथी कार्कीले प्रधान सेनापतिको सिफारिसविरुद्ध उजुरी दिएका हुन् । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदा उनी केही वर्षअघि एडीसी थिए । त्यही आधारमा उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हुन सक्ने स्रोतको दाबी छ ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड