January 16, 2022

अस्पताल भर्ना हुने सङ्क्रमित थपिए

दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसकेको छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देखिन थालेपछि बिरामीको उपचारमा समेत समस्या परेको जानकारी दिँदै उनले २४ घण्टाको अन्तरालमै ३२ जना सङ्क्रमित भर्ना हुनुलाई सकारात्मक लिन नमिल्ने बताए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोभिडका बिरामी बढ्न थालेका छन् । अस्पतालकी निर्देशक डा. मनिषा रावलले केही दिनयता अस्पतालमा कोभिडका बिरामी बढ्न थालेको जानकारी दिइन् । बिरामी बढ्न थालेपछि कोभिड र ननकोभिडका बिरामीको उपचार कसरी गर्ने भनेर आकस्मिक छलफल भएको जानकारी दिँदै उनले केही हप्ता कोभिडका बिरामी बढ्न सक्ने बताइन् ।

करिब एक साताअघि आउने सङ्क्रमितमा अस्पताल भर्ना गराउनुपर्ने बिरामी नभएको जानकारी दिँदै उनले पछिल्लो समय कोभिडका बिरामी बढ्न थालेको बताइन् । अस्पतालको आकस्मिक कक्षमा हाल दैनिक १५÷२० जना सङ्क्रमित आउने गरेको जानकारी दिँदै उनले तीमध्ये सरदर पाँच जना भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत