गंगाजमुना गाउँपालिकाका अध्यक्षले दलित भएकै कारण क्यान्टिनको कुक जागिरबाट निकाले

पौष २९, २०७८ | धादिङ । धादिङ गंगाजमुना गाउँपालिकामा सञ्चालित क्यान्टिनमा कार्यरत एक कुक युवालाई दलित भएकै कारण जागिरबाट निकालिएको घटना सार्वजनिक भएको छ ।गाउँपालिकामा सञ्चालित क्यान्टिनका सञ्चालक दिपेन्द्र अधिकारी मासिक २० हजार रुपैयाँमा कुकको काम लगाएका सुवास विकलाई गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको दबावमा जागिरबाट निकालिएको सार्वजनिक भएको हो ।

स्रोतका अनुसार गाउँपालिका अधिकारीको दबावमा ती युवालाई जागिरबाट निकालिएको हो । ‘गाउँकै स्थानियले म दलित भएको थाहा पाएपछि गाउँपालिकासम्म खबर पुगेछ । गाउँपािलकाका कर्मचारीहरु खान खान आउन छाडे । गाउँपालिका अध्यक्षले समेत म लाई कामबाट निकाल्न दबाव दिनुभएछ,’ विकले दियोपोस्टसँग भने,‘अनि क्यान्टिनका मालिक अधिकारीले मलाई कामबाट निकाले ।’

दलित कुकले पकाएको खानु परेपछि प्रमुख प्रशासकीय अधिकृत मोतिराम थपलियाले नै कर्मचारीलाई उक्त क्यान्टिनबाट खानेकुरा नल्याउन दबाव दिएका थिए । थपलियाकै दबावमा कर्मचारीले समेत क्यान्टिनमा खान अर्डर बन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ