राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए । बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताए । कति रुपैयाँ मूल्य निर्धारण गरेको छ, त्यो उनले बताउन चाहेनन् । मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरममा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपैयाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस गरेको कृषि मन्त्रालयले जनाएको छ ।
किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपैयाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ ।
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत