January 8, 2022

ओमिक्रोनले तेस्रो लहरको जोखिम बढ्यो

नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। मुलुकभरबाट ¥यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको हो। १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना (२२ प्रतिशत)मा एसजिन नेगेटिभ आएको थियो। मिश्राले संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिइन्।

यसअघि पहिलो पटक मंसिर २० गते नेपालमा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। त्यसपछि पुस ७ गते अर्को जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। सीमावर्ती भारतका सहरबाट गरिएको स्वाब संकलनमा कोरोना भाइरस पुष्टि हुने क्रम बढ्दो छ। मन्त्रालयका अनुसार, शुक्रबार आरटी पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड—१९ फोकल पर्सन निरज बमका अनुसार, ओमिक्रोन भेरियन्टको संक्रमणको जटिलताले धेरै प्रभाव पर्छ। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ जना छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण