किर्ते तथा ठगी प्रकरणमा मुछिएका दिप बस्न्यात फरार, क्यानडा भाग्ने तयारीमा !

 पौष २१,काठमाडौं । बालुवाटारस्थित ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा किर्ते ठगी प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख आयुक्त दिप बस्न्यात फरार भएको पाइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएसँगै बस्न्यात देश छोडेर भागेको उच्च स्रोतले बताएको छ ।

तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव रहेका बस्नेत जग्गा किर्ते तथा ठगी प्रकरणमा मुछिएका प्रमुख पात्र हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा समेत मुद्दा चलाएको थियो ।

ललिता निवास ठगी प्रकरणका मुख्य योजनाकार सिआइबीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पक्राउ गरेसँगै बस्नेत नेपालबाट ‘फरार भएका हुन् ।
उच्च स्रोतका अनुसार उनी यतिबेला भारतमा लुकेका छन् । भारत हुँदै क्यानडामा रहेको आफ्नो घरमा भाग्ने तयारीमा बस्न्यात रहेको उच्च स्रोतले बताएको छ ।
सिआइबीले ललिता निवास सरकारी जग्गा ठगी प्रकरणमा ३ सय जना भन्दा बढी विरुद्ध पक्राउ पूर्जी अनुमति पाएको छ । ४ सय जनाभन्दा बढीलाई मुद्दा चलाउने तयारी सिआयबीको छ ।
सिआइबी स्रोतका अनुसार जग्गा किनबेच धन्दामा समलग्न सबैलाई सिआइबीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनेछ ।

copied from diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब