किर्ते तथा ठगी प्रकरणमा मुछिएका दिप बस्न्यात फरार, क्यानडा भाग्ने तयारीमा !

 पौष २१,काठमाडौं । बालुवाटारस्थित ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा किर्ते ठगी प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख आयुक्त दिप बस्न्यात फरार भएको पाइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएसँगै बस्न्यात देश छोडेर भागेको उच्च स्रोतले बताएको छ ।

तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव रहेका बस्नेत जग्गा किर्ते तथा ठगी प्रकरणमा मुछिएका प्रमुख पात्र हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा समेत मुद्दा चलाएको थियो ।

ललिता निवास ठगी प्रकरणका मुख्य योजनाकार सिआइबीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पक्राउ गरेसँगै बस्नेत नेपालबाट ‘फरार भएका हुन् ।
उच्च स्रोतका अनुसार उनी यतिबेला भारतमा लुकेका छन् । भारत हुँदै क्यानडामा रहेको आफ्नो घरमा भाग्ने तयारीमा बस्न्यात रहेको उच्च स्रोतले बताएको छ ।
सिआइबीले ललिता निवास सरकारी जग्गा ठगी प्रकरणमा ३ सय जना भन्दा बढी विरुद्ध पक्राउ पूर्जी अनुमति पाएको छ । ४ सय जनाभन्दा बढीलाई मुद्दा चलाउने तयारी सिआयबीको छ ।
सिआइबी स्रोतका अनुसार जग्गा किनबेच धन्दामा समलग्न सबैलाई सिआइबीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनेछ ।

copied from diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने