January 4, 2022

पृथ्वीनारायण शाहको बन्दुक हेर्न पाइने

तत्कालीन राजा  पृथ्वीनारायण  शाहले  प्रयोग  गरेका  बन्दुक  झण्डै  सात  वर्षपछि  पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२  सालको  भूकम्पपछि  हनुमानढोका  दरबार  सङ्ग्रहालय  परिसरमा  बन्द बाकसभित्र  राखिएका  ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो । 

यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारको पनि अवलोकन गर्न पाइने भएको छ ।

हनुमानढोका  दरबार  सङ्ग्रहालय  विकास  समितिका  कार्यकारी निर्देशक सन्दीप खनालले भने,  “पृथ्वीनारायण  शाहको  निजी  बन्दुकका  साथै  त्यसबेला  लुटिएका  र  नेपालमा  बनेका  केही  हतियार  प्रदर्शनीमा  राख्ने  भएका  छौँ  ।”  सङ्ग्रहालय  यसै  महिनाबाट  प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको खबर आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय