‘द नेक्स्ट एजुकेशन कनसल्टेन्सी’को आवरणमा भण्डारी दम्पत्तिको गैरकानुनी गतिविधि !

  शनिबार, पौष १०, २०७८ | काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भर निर्माण हुने घरका लागि नक्सापास गर्नुपर्ने मापदण्ड छ । स्विकृत नक्सापास अनुसार घर निर्माण गर्नुपर्छ । तर, बानेश्वरस्थित अल्फा बिटा भवनसँगै निर्माण भइरहेको एक भवनले गैरकानुनी रुपमा स्विकृत नक्सापास विपरित गतिविधि गरेको पाइएको छ ।

‘द नेक्स्ट एजुकेशन कनसल्टेन्सीले अवैध रुपमा स्विकृत नक्सा बेगर घर निर्माण गरेको पाइएको हो ।

कन्सल्टेन्सीका सञ्चालक सालीग्राम भण्डारी र उनकी श्रीमती सन्ध्या उप्रेती भण्डारीले महानगरपालिकाबाट ६ तलाको घर बनाउन नक्सा स्विकृत गराएका थिए ।

तर, उनीहरुले गैरकानुनी रुपमा ८ तलाको भवन बनाएको फेला परेको हो । महानगरपालिकाले यसरी गैरकानुनी तवरबाट भवन निर्माण हुँदा पनि नियमन नगरेपछि महानगरका उच्च तहकै कर्मचारीको मिलेमतोको आशंका गरिएको छ ।

आफ्नै भवन निर्माणमा समेत करोडौँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका महानगरका उच्च अधिकारी सहित कन्सल्टेन्सीका सञ्चालक विरुद्ध यो प्रकरणमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले महानगरलाई स्विकृत नक्सापास अनुसार भवन निर्माण भएको नभएको विषयमा स्पष्टिकरण माग गरेको छ ।

संदिग्ध आर्थिक गतिविधिको आशंका !

नेपालमा सञ्चालित शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यावसायमाथि संदिग्ध आर्थिक गतिविधि गरेको आरोप लाग्दै आएको छ । सोही आरोपमा यसअघि विभिन्न कन्सल्टेन्सीको बैंक खाता रोक्का भएको थियो । २०७६ वैशाखमा सरकारले भण्डारी दम्पत्तिद्वारा सञ्चालित द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले पनि संदिग्ध आर्थिक गतिविधि गरेको अभियोगमा खाता रोक्का गरेको थियो ।

एजुकेशन कन्सल्टेन्सीको नाममा वर्षेनी अर्बौं रुपैयाँ नेपाल बाहिर पुर्याउने यस्ता कन्सल्टेन्सीमाथि सरकारले निगरानी राखेको थियो । यसअघि पुतलीसडक मोडमा रहेको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले स्थापनाको केही वर्षमै बानेश्वरमा कसरी अर्बौंको महल ठड्यायो भन्ने समेत प्रश्न उठेको छ ।

coppied from diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल