चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

दमौली, मङ्सिर ११ः चालु आर्थिक वर्ष ०७८र७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो । फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ ।

प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फछ्र्योट भएको र १०२ मुद्दा फछ्र्योट हुन बाँकी छ । प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छ । पक्रिएकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जनाएको छ।

चार महिनाकै अवधिमा ११ जनालाई लागुऔषधसहित पक्राउ परेका र उनीहरुबाट ११४ थान डाइजेपाम, ११४ थान फेनरागन, ११३ थान नुफिन र १० किलो ८५५ ग्राम गाजा बरामद भएको छ । प्रहरीले सोही अवधिमा १५५ रोपनी क्षेत्रफलमा उम्रिएका २२ हजार ३०७ गाजाका बोट नष्ट गरेको जनाएको छ।

पाँच वटा जुवा मुद्दामा ६८ जनालाई पक्राउ गरी रु ११ लाख ७५ हजार ९१० नगद बरामद गरेको प्रहरीले कोरोना भाइरस नियन्त्रणका लागि तपाईको मास्क खै अभियानअन्तर्गत ४७ वटा कार्यक्रममार्फत नौ हजार ५३५ लाई मास्क वितरण गरेको थियो । अवैध नदीजन्य पदार्थ नियन्त्रणतर्फ चार महिनाको अवधिमा एक डोजर, दुई स्काभेटर, दुई जेसिबी, दश टिपर र ३७ ट्र्याक्टर गरी ५२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर रु चार लाख ७६ हजार ५०० जरिवाना असुल गरिएको पनि बताइएको थियो । गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय