काठमाडौं, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उनले भने, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार नपरोस् सबै विषयको वैज्ञानिक अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ । ”
मन्त्री यादवले दूधको औपचारिक बजार विस्तार गर्नुपर्ने कुरामा जोड दिए । दूध तथा दुग्धजन्य पदार्थको अभावलाई कम गर्नका लागि औपचारिक बजार विस्तार गर्नुपर्ने बताउँदै उनले बढी भएको दूध खपतका लागि त्यसको विविधतामा पनि जोड दिनुपर्ने बताए । दूध, दही, पनिर मात्र बेचेर हुँदैन, त्यसका अरू आइटम बनाउनुपर्छ, उनले जोड दिँदै भने, “दूधमा जति विविधता हुन्छ, त्यति खपत हुन्छ, त्यसका लागि सम्बन्धित क्षेत्रले अध्ययन गरेर अगाडि बढ्नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय