नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यवृद्धि भएसँगै स्वचालित प्रणालीअनुसार हवाई कम्पनीले पनि केही भाडा बढाएको जनाएको छ । संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा प्रति यात्रु ३ सय ४५ रुपैयाँले भाडा बढेको छ ।
यसैगरी, काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि प्रतियात्रु ३ सय रुपैयाँ, काठमाडौं–विराटनगरका लागि प्रतियात्रु २ सय ४० रुपैयाँ, काठमाडांै–जनकपुरका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, काठमाडांै–भरतपुरका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ, काठमाडांै–पोखराका लागि प्रतियात्रु १ सय ५५ रुपैयाँ र काठमाडौं–भैरहवाका लागि प्रतियात्रु २ सय ५ रुपैयाँले हवाई भाडा वृद्धि भएको छ ।
त्यसैगरी, काठमाडौ–नेपालगन्जका लागि प्रतियात्रु ३ सय ३० रुपैयाँ, काठमाडांै–तुम्लिङटारका लागि प्रतियात्रु १ सय ८५ रुपैयाँ, काठमाडांै–सुर्खेतका लागि प्रतियात्रु ३ सय ४५ रुपैयाँ र काठमाडौं–राजविराजका लागि प्रतियात्रु २ सय ५ रुपैयाँ भाडा वृद्धि भएको छ ।
वृद्धि भएको नयाँ भाडादरसँगै अब पोखरा–भरतपुरका लागि प्रतियात्रु १ सय १० रुपैयाँ, पोखरा–भैरहवाका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, पोखरा–सिमराका लागि प्रतियात्रु २ सय २० रुपैयाँ, पोखरा–नेपालगन्जका लागि प्रतियात्रु २ सय ३५ रुपैयाँ, पोखरा–विराटनगरका लागि प्रतियात्रु ३ सय ५५ रुपैयाँ र पोखराबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय १५ रुपैयाँ बुझाउनुपर्नेहुन्छ ।
यसैगरी, विराटनगरबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय २० रुपैयाँ, विराटनगरबाट तुम्लिङटारका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । त्यसैगरी, भरतपुर–भैरहवा रुटका लागि प्रतियात्रु १ सय ३५ रुपैयाँ र रामेछाप–लुक्ला रुटमा प्रतियात्रु साबिकभन्दा ७५ रुपैयाँ इन्धन सरचार्ज बढेको संघले जनाएको छ ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स