October 30, 2021

अफगानी नागरिक छिर्न नदिन सीमामा कडाइ

अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खुला नाकाका कारण आफगानीहरू बाँके हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मीनबहादुर विष्टले बताए । उनले शङ्का लागेका मानिससँग सोधपुछ गरेर उनीहरूबारे निश्चित भएपछि मात्रै आवागमन गर्न दिइएको बताए । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बन्धमा कडा निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरूले भारत प्रवेश गर्नका लागि भारतीय आधारकार्डको प्रयोग गर्न सक्ने शङ्का रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले तर पनि वेशभूषा र बोलीचालीबाट उनीहरूको पहिचान गर्न सकिने जनाए । अफगानिस्तानमा तालिबानको कब्जापछि हजारौँले देश छाडेका छन् र सो क्रम अझै पनि जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय