जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना भाइरस सङ्क्रमितलाई निमोनियाले थप समस्या हुने भएकाले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिइएको छ । ती खोपहरूले कोभिड–१९ को सङ्क्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनियाजस्ता घातक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेले बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपालमा सरकारी कार्यक्रममा बालबालिकालाई निमोनियाको खोप दिने कार्यक्रम सन् २००९ यता समावेश गरिएको छ । तर वयस्क र ज्येष्ठ नागरिकलाई लक्षित खोपको व्यवस्था छैन । जाडो मौसममा निमोनिया लाग्ने जोखिम बढेका कारण ज्येष्ठ नागरिकले अनिवार्य रूपमा खोप लगाउन डा. पाण्डेको सुझाव छ । उनले भनिन्–‘‘ब्याक्टेरियल निमोनियाविरुद्वको खोप ६५ वर्ष नाघेकाले एक पटक मात्र खोप लगाए जीवनभर पुग्छ ।’’ ‘‘खोप लगाउने समय यही बेला हो,’’ उनले भनिन्– ‘‘दमलगायत रोगले सताएका बिरामीलाई निमोनियाको जोखिम धेरै हुन्छ । त्यसैले दीर्घरोगी भएका ज्येष्ठ नागरिकले बढी ख्याल गर्नुपर्छ ।’’ उमेर ६५ वर्ष नपुगेको भए पनि फोक्सो, मुटु वा कलेजोको रोग, मधुमेह वा क्यान्सर भएका अनि रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिले निमोनियाको खोप लिनु राम्रो हुने जानकारी उनले दिइन् । हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा ‘भाइरसको स्ट्रेन’ हेरेर नयाँ नयाँ इन्फ्लुएन्जाको खोप आउने गरेको उनले उल्लेख गरिन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय