‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भन्दै कार्यकर्तालाई नारा लगाउन नेताहरुकै सर्कलर हुन्थ्यो ।
२०६३ पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । माओवादी शान्तिपुर्ण राजनीतिमा आउँदा पनि विद्यार्थीहरुलाई संगठित गर्न जनवादी र वैज्ञानिक शिक्षाको प्रचार खुवै हुन्थ्यो । तर, अहिले समय फेरिएको छ । युद्धकालमा अमेरिकी साम्राज्यवादको चर्को विरोध गर्ने नेताहरु आफ्नै छोरा छोरी धमाधम अमेरिका पठाउन थालेका छन् ।
अन्य पार्टीका नेताका छोराछोरी अमेरिका, युरोप र अष्ट्रेलिया पठाएकोमा चर्को विरोध गर्ने माओवादी नेताहरु आफ्नै छोराछोरीलाई अमेरिका पठाइरहेका छन् ।
छोरी अमेरिका पठाउने मध्येकै एक नेता हाल शिक्षा मन्त्रीमा नियुक्त भएका छन् । माओवादी केन्द्रका प्रभावशाली नेता देवेन्द्र पौडेलले आफ्नी छोरी गरिमा पौडेललाई अमेरिकामै सेटल गराएका छन् । पौडेल र उनकी पत्नि बलावती शर्मा यसअघि छोरी भेट्न अमेरिका समेत पुगेर आएका थिए ।
तत्कालिन नेकपाबाट बाग्लुङबाट निर्वाचित पौडेल माओवादीको पुराना नेता समेत हुन् । माओवादी परित्याग गरि नयाँ शक्ति नामक राजनीतिक दल खोल्न समेत उनको मुख्य भूमिका थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला उनी मुख्य राजनीतिक सल्लाहाकार थिए । २०७२ असोजमा डा. बाबुराम भट्टराईले माओवादी केन्द्र परित्यााग गरेपछि उनले समेत दल त्याग गरेका थिए ।
भट्टराई सहितका नेताले खोलेको नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गर्ने निधो भएपछि उनी माओवादी केन्द्र प्रवेश गरेको चर्चा थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा केही दिन अघि मात्रै नियुक्त भएका शिक्षामन्त्री पौडेलले आफ्नी छोरी गरिमालाई अमेरिकाको भर्जिनियामा राखेका छन् ।
copied from diyopost
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण