October 9, 2021

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गरी शरीरमा एन्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ । 

अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना संकलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३/९ प्रतिशतमा एन्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा एन्टिबडी बनेको औंल्याएको छ। खोप लिएको दोस्रो महिनासम्ममा एन्टिबडीको तह ८२/३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा एन्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ।  

त्यसैगरी अध्ययनले एक वा बढी दीर्घरोग भएकाहरूमा पनि एन्टिबडीको मात्रा फरक रहेको औंल्याएको छ। एक मात्र दीर्घरोग भएकाहरूमा ७८ प्रतिशत, दुईवटा दीर्घरोग भएकाहरूमा ७१/६९ प्रतिशत र तीनभन्दा बढी दीर्घरोग भएकाहरूमा ४२ प्रतिशत पाइएको थियो। 

खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा एन्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ। नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा एन्टिबडीको मात्रा ६३/७ प्रतिशत थियो भने भेरोसेल लिएकाहरूमा ७२/४ प्रतिशत थियो। 

भेरोसेल खोप लिनेबित्तिकै र कोभिसिल्ड खोप लिएको दुई महिना बितिसकेपछि एन्टिबडीको मात्रा हेरिएकाले कोभिसिल्ड लिनेहरूमा मात्रा घट्दै गएको पाइएको होे। दुवै खोप एउटै अवधिमा दिएको खण्डमा एन्टिबडी दुवैमा करिब उस्तै तहको प्रभावकारिता देखिने अध्ययनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय