September 10, 2021

स्टिल उद्योगका ५ मजदुरको भट्टी पड्किएर मृत्यु, उद्योगले लुकायो जानकारी

वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो। त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ। मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन्

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए। ‘५ जनाको मृत्यु भएको रहेछ,’ एसपी पाण्डेले अन्नपूर्णसँग भने, ‘तर, यो जानकारी बिहीबार मात्रै पाएका हौं।’ 

वास्तविकता लुकाउने उद्योगको प्रयास
उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरको मृत्युबारे आधिकारिक जानकारी नै दिन मानेको छैन। भट्टी विस्फोटको घटना उद्योगले सुरुदेखि नै ढाकछोपको प्रयास गरेको थियो।

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीसँग बिहीबार साँझ प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन्। उनको मोबाइल नं ९८५१२३७१८७  मा पटक—पटक फोन गर्दा नउठाइ काटेका छन्। घटना भएको दिन पनि सञ्चारकर्मीलाई घटनास्थलमा जान बन्देज गरियो। व्यवस्थापनले उद्योगको मूल गेटबाटै सञ्चारकर्मीलाई फर्काएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय