यसरी बढ्दैछ मावधकुमार नेपालको नयाँ राजनीतिक यात्रा

काठमाडौं, भदौ १०ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) आन्तरिक विवाद र नेतृत्वबीचकाे टकराव र आपसी आरोपप्रत्यारोप पछि  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि अन्ततः नेकपा एमाले वैधानिकरुपले विभाजनको बाटोमा गयो । बुधबार निर्वाचन अयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई मान्यता दिएसँगै मावधकुमार नेपालको नेकपा एमालेसँगको दशकाैं लामो आवद्धता टुटेको छ ।

१५ वर्ष एमाले महासचिव जिम्मेवारी सम्हालेका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता समेत रहेका माधवकमार नेपालको नेतृत्वमा नयाँ दलले मान्यता पएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेकाे छ । विगतमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध सौहाद्रपूर्ण थियो । पछिल्लो केही समयदेखि दुवैको राजनीतिक सहयात्रा तिक्ततापूर्ण रहँदैआएको छ । ऋषि कट्टेलले नेकपाविरुद्ध दर्ता गरेकाे रिटमाथि सर्वोच्च अदालतले गत फागुन २३ मा परमादेश जारी गरेपछि ओली र नेपालबीच झन दूरी बढ्यो । अध्यक्ष ओली नेतृत्वको एमाले र माओवादी केन्द्रलाई पुरानो साविककै दलमा पुनर्स्थापित गरिदियो ।

पूर्वप्रधानमन्त्री ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाका विषयमा सर्वोच्चको आदेशले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा मात्र फर्काएन, सँगै नयाँ तिक्तताको पहाड नै खडा गरिदियो । २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई सर्वोच्चले खारेज गरिदिए पछि सिधा असर एमालेमा प-यो ।

२०४९ सालमा महासचिव भएका नेपालले डेढ दशक एमाले पार्टीलाई हाँकेका थिए । १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेकाे बताउने नेता नेपाल सम्भवतः अहिले आफ्नो राजनीतिक जीवनको सबैभन्दा कठिन मोड आइपुगेका थिए तर त्यसबीचमा पनि उनले नयाँ शिराबाट बामपन्थी एकतामा लाग्ने प्रतिवद्धता जनाइ सकेका छन् ।

सर्वोच्चको आदेशपछि पनि संसदीय दल र केन्द्रीय कमिटीमा बहुमत नहुँदा समेत वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेता नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गरे । पार्टी भित्रको आन्तरिक विवाद र समस्या समाधानका लागि बल गरिरहे । तर अध्यक्ष ओलीले पेलेरै अगाडि बढ्ने नीति अख्तियार गरेपछि खनाल–नेपाल बाध्य भएर नयाँ बाटो तय गर्नुपरेको प्रतिक्रिया दिन थालेका थिए ।

नेता नेपाल २०४६ सालमा संयुक्त वाम मोर्चाको सदस्य थिए । २०४७ सालमा नेकपा एमालेको केन्द्रीय संगठन समितिका पोलिटब्यूरो सदस्य रहेका नेता नेपालको अबको यात्रा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट अगाडि बढ्ने छ ।

आगामी निर्वाचन अघि वृहत कम्युनिष्ट केन्द्र  गठन गरेर राजनीतिक संघर्ष अगाडि बढाउने सोच बनाएका नेताहरुको राजनीतिक सफलता असफलतालाई त आगामी दिनले पुष्टि गर्दैजाला । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि कम्युनिष्टबीच एकता गर्ने र वृहत कम्युनिष्ट केन्द्र निर्माण गर्ने अभियान शुरु गर्ने निर्णय गरिसकेको छ । यो निर्णयले पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यलाई नै संकेत गरेको मान्न सकिन्छ । तीन दलबीच एकता गराउन सकेमा नेता नेपालको राजनीतिक भविष्य बलियो हुने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै