नयाँ दल दर्ताका लागि प्रक्रिया शुरू

काठमाडौं, भदाै ७ः निर्वाचन आयोगले नयाँ दल दर्तासम्बन्धी निवेदनमा उल्लेखित सांसदहरूको बारे बुझन् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।

आयोगमा नयाँ दल दर्ताको लागि माधवकुमार नेपाल र महन्थ ठाकुरले निवेदन दिने क्रममा उल्लेख गरिएका सांसदहरू सम्बन्धित दलका हुन् कि होइनन् भनेर छिनोफानो गर्न आयोगले पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने– ‘हामी सभामुखको जवाफ पर्खिरहेका छौं ।’

राजनीतिक दल विभाजन गर्न खुकुलो हुने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले) का वरिष्ठ नेता नेपाल र जसपाबाट अलग्गिएका ठाकुरले नयाँ दल दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) पार्टी र महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवदेन दिएका थिए ।

नेता राजेन्द्र पाण्डेले आयोगका अनुसार माधव नेपाललाई संघीय सांसदहरूको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ । नेकपा एकीकृत (समाजवादी) पार्टीले आयोगमा ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुवै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न