जसपाका १८ केन्द्रीय सदस्यले यादव समूह परित्याग गरे

काठमाडौँ भाद्र २ : जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडका रूपमा चलाएको आरोप समेत उनीहरूले लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग बस्नेतले बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे । उनले भने, ‘देश २०७२ सालको भूकम्प र कोरोना महामारीमा जनता प्रताडित हुँदाखेरी यो पार्टीले जनतालाई केही दिन सकेन ।’ उनले १८ महिना उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाए ।

बस्नेतले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रूपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए । बस्नेतले भने, ‘फोरमले लिएको सात क्लस्टरलाई तीन क्लस्टरमा वकालत गर्न थालियो ।’ २०६५ सालदेखि आफूले घरबेटीको अन्यायविरुद्ध बोल्दै आए पनि राज्यले आफ्नो कुरा नसुनेको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पदम अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिबद्धता गरेको भए पनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्न थालेको उनले आरोप लगाए ।

केन्द्रीय सदस्य हिरालाल भुजेलले बाबुराम र उपन्द्रको एकलौटी रबैयाले केही नेताले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी विभाजन गर्न लागेको अवस्थामा २०७७ साल वैशाख १० गते राति १२ बजे तत्कालीन राजपा नेपालसँग पार्टी एकता गरी जसपा नेपाल गठन गरी विभाजन रोक्न सफल भएको बताए । पार्टी विभाजन, क्रान्ति, देश, जनताप्रति गद्दारी गर्नुभन्दा आजकै मितिमा जसपा उपेन्द्र यादव समूहबाट स्वतन्त्र भएको घोषणा गर्न चाहेको बताए ।

ललितपुर जिल्ला अध्यक्ष सनज महतले उपेन्द्र र बाबुरामको पार्टी कब्जा गर्ने रबैयाले अन्ततः पार्टी विभाजनको माग राखेर निर्वाचन आयोगमा निवेदन दिन पुगेको बताए । आफंैले प्रतिगामी भनिएकासँगको अप्राकृतिक सम्बन्धले पार्टीको घोषित नीतिलाई तिलाञ्जली दिएर सत्तास्वार्थका लागि प्रतिगामी देउवा–प्रचण्डको भातृसंगठनका रूपमा लैजान पार्टी विभाजनसम्म गर्नेहरूको समूहमा नबस्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य उत्तम अधिकारीले बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि वैचारिक दृष्टिकोणसहित वैकल्पिक संगठनात्मक संरचना र प्रणाली एवं कार्यदिशा र कार्यशैली भएको पार्टी निर्माणका लागि आह्वान गर्दै राजनीतिक संवाद थालनी गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा