अफगानिस्तानका नेपालीको सकुशल शीघ्र उद्धार: सरकार

काठमाडौँ भाद्र १ : अफगानिस्तानमा तालिबानी समूहले कब्जा जमाएसँगै त्रास पैदा भइरहेको अवस्थामा सरकारले त्यहाँ रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा नेपाली नागरिकको उद्धारका लागि तत्काल काम थाल्ने निर्णय गरेको बताएका छन् ।

‘मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता कार्कीले भने ।

गृह मन्त्रालयले पनि अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाउन निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा कार्ययोजनासहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाउन निर्देशन दिइएको छ ।

यसअघि, सरकारले आइतबार मात्रै नेपालीलाई उद्धार गर्न समिति गठन गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गृह, अर्थ, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।

समितिलाई अफगानिस्तानमा रहेका नेपालीहरूको लगत संकलन गर्ने, तत्काल आउन चाहनेहरूको तथ्यांक संकलन गरी फारम भराउने र तत्काल उद्धार गरेरै ल्याउनुपर्ने भए ल्याउनेगरी काम गर्न निर्देशन दिइएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा बेलायतको राजधानी लन्डनमा भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनशनको विषयमा पनि छलफल भएको थियो । प्रवक्ता कार्कीले अनशनप्रति सरकारको ध्यानाकर्षण भएको र कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्ने निर्णय भएको बताए ।

‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया अघि बढिसकेकाले आमरण अनशनलगायत फिर्ता लिन भूतपूर्व गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गर्ने निर्णय भयो,’ कार्कीले भने । भूतपूर्व सैनिकहरूले समान अधिकारको माग राख्दै आमरण अनशन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि