अबदेखि क्यूआर कोडसहितको खोप कार्ड प्राप्त गर्न अनलाइन रजिस्ट्रेशन यसरी भर्नुपर्ने

२६ साउन, काठमाडौं । सरकारले क्यूआर कोडसहितको खोप कार्डका लागि अनलाइनबाट मात्र फारम भर्न मिल्ने भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट हुदै आएको रजिस्ट्रेसन फारम संकलन हाललाई स्थगित गरिएको केन्द्रका निर्देशक डा. रामआधार यादवले बताए ।

अहिलेसम्म फारम भरेकाहरुलाई क्युआर कोडसहितको खोप कार्ड वितरण गरेपछि मात्र पुन संकलन शुरु गर्ने यादवले बताए । तर अनलाइनबाट फारम संकलन भने रोकिएको छैन ।

रजिस्ट्रेशन फारम भर्नेहरुको संख्या सोचेभन्दा बढी देखिएपछि स्वास्थ्य सेवा विभागको सल्लाह अनुसार नै केही दिनका लागि स्थगित गरिएको केन्द्रका निर्देशक यादवले अनलाइनखबरलाई बताए ।

डा. यादवले भने, ‘भौतिक उपस्थिति र अनलाइनमार्फत धेरैजनाले रजिस्ट्रेशन फारम भरेका छन् । दुवै विधिमार्फत संकलन भएका फारमहरु स्वास्थ्य सेवा विभागमा पठाइसकेका छौं ।’

रोजगारीका लागि नेपालीहरु जाने कतिपय मुलुकमा क्युआर कोडसहितको खोप कार्डलाई मात्र मान्यता दिने भएकाले विदेश जाने नेपालीहरु यो कार्ड लिनुपर्ने बाध्यता छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गतेदेखि वैदेशिक रोजगारी, अध्ययन लगायत अन्य काममा जाने नागरिकका लागि क्यूआर कोडसहितको विद्युतीय खोप कार्डका लागि तालिम केन्द्रबाट रजिस्ट्रेशन भर्ने व्यवस्था मिलाएको थियो ।

क्युआर कोडका लागि अनलाइन माध्यमबाट पनि रजिस्ट्रेसन फारम भर्न मिल्नेछ । तर अनलाइन माध्यमबाट फारम भर्न नसक्ने व्यक्तिका लागि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा फारम बुझाउने ठाउँ तोकिएको थियो । तर अनलाइन फारम भरेका व्यक्तिहरु समेत छिट्टै काम हुने आशामा भौतिक रुपमै फारम भर्न आएको पाइएको केन्द्रका निर्देशक डा. यादवले बताए ।

पाँच दिनमा ११ हजारको आवेदन

क्यूआर कोडसहितको खोप कार्डका लागि आयुर्वेद केन्द्रमा पाँच दिनको अवधिमा करिब ११ हजार जनाले फारम भरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले आवेदन परेका व्यक्तिहरुको खोप कार्ड प्रमाणीकरण सकेपछि फेरि फारम संकलन शुरु गर्ने बताए ।

‘रजिस्ट्रेशन फारम संकलन कार्य मात्रै रोकेका हौं । दुई दिनभित्र आवेदन परेका नागरिकहरुको काम टुंग्याउँछौं’ डा. गौतमले भने ।

डा. गौतमका अनुसार अबदेखि क्यूआर कोडसहितको खोप कार्डका लागि अनलाइनबाट मात्र रजिस्ट्रेसन गर्नुपर्नेछ ।

कसरी भर्ने अनलाइन रजिस्ट्रेशन ?

मन्त्रालयले क्यूआर कोडसहितको खोप कार्ड प्राप्त गर्न अनलाइन रजिस्ट्रेशन भर्नुपर्ने बताएको छ ।

यसका लागि मन्त्रालयको वेबसाइट https://vaccine.mohp.gov.np/public-request-form मा गएर आफ्ना कागजातहरु अपलोड गर्नुपर्ने हुन्छ ।

फारम भर्नका लागि खोप कार्डको फोटो, राहदानीको फोटो, नागरिकताको फोटो, कबुलियतनामा फारमको फोटो र पासपोर्ट साइजको फोटो अपलोड गर्नुपर्ने हुन्छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र