सधैं विपक्षी गठबन्धनमा रहन सकिदैन, परिस्थिति बुझिदिनुहोस्

अहिलेसम्म यो गठबन्धनलाई हाम्रो साथ सहयोग रह्यो, अबका दिनमा गठबन्धनमा साथ नरहन सक्छ, एमालेलाई एकतावद्ध बनाउने अभियान शुरुभइसकेकाले एमालेमै रहेर पार्टीको निर्णयअनुसार अघि बढ्ने नेता नेपालले बैठकमा बताउनुभएको बैठकमा सहभागी नेता रघुजी पन्तले बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि एक महिनापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेलामा पार्टीको निर्णयअनुसार अघि बढ्ने नेता नेपालले बैठकमा भन्नुभएको नेता पन्तले बताउनुभयो । एमालेलाई एकतावद्ध बनाउने गरी कार्यदलले सहमति गरिसकेको र पार्टीलाई विधि पद्धतिअनुसार अघि बढाउन आफ्नो भूमिका एमालेभित्र रहने नेता नेपालले बैठकलाई जानकारी गराउनुभएको थियो ।

नेता नेपालले बैठकमा राख्नुभएको धारणालाई उदृत गर्नुहुँदै नेता पन्तकाअनुसार लोकतन्त्र, संघीयता, संविधान र नागरिक अधिकारको रक्षाका लागि विपक्षी गठबन्धनलाई साथ दिएको धारणा नेपालले राख्नुभएको थियो । संविधानको रक्षाका लागि आफू एमालेभित्र रहेर पनि सहयोग गर्ने उहाँको भनाई थियो ।

“अहिले नयाँ परिस्थिति सिर्जना भएको, एमाले पनि एकतावद्ध हुने अवस्थामा पुगेकाले यो परिवर्तित अवस्थालाई बुझिदिन म सबैमा आग्रह गर्दछुँ” नेता नेपालले विपक्षी गठबन्धनका नेताहरुसँग आग्रह गर्नुभएको थियो । नेता नेपाललाई उदृत गर्नुहुँदै नेता पन्तले भन्नुभयो, “सबै राजनीतिक दलसँग सरसल्लाह लिएर अगाडि बढ्नुहोस, लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताको रक्षाका लागि सबै दल एक भएर अघि बढ्न आवश्यक छ, यसमा मेरो जहिले सहयोग रहन्छ ।”

एमाले एकता प्रक्रियालाई प्रभावकारी ढंगले अघि बढाउन आफू पनि तयार रहेको बताउनुहुँदै नेता नेपालले परिस्थिति बुझिदिन नेताहरुसँग आग्रह गर्नुभएको नेता पन्तले जानकारी दिनुभयो । देश र जनताको संघर्ष र बलिदानले लोकतान्त्रिक गणतन्त्र प्राप्त भएकाले त्यसकालागि आफ्नो सदैव सहयोग रहने नेता नेपालले बताउनुभएकोे नेता पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै