द्वन्द्व दुई सांसदको, रोजगारी चट्ट १२२ को

कर्णाली, असार २०ः कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुर्खेतको चिगांड गाउँपालिका २ स्थित जीतेजुवा मेला लाग्ने ठाउँमा खेल मैदान निर्माणको लागि २० लाख रुपैयाँ छुट्यायो ।

समयमै काम भइदिएको भए अहिलेसम्म खेल मैदान निर्माण सम्पन्न हुन्थ्यो । लक्षित बेरोजगारले रोजगारी पाउँथे । तर, प्रत्यक्ष र समानुपातिक दुई सांसदको विवादका कारण खेल मैदान निर्माण हुन सकेन । लक्षित बेरोजगारहरुले रोजगारी गुमाउन पुगे ।

वडाध्यक्ष बुधे खत्री सांसद खड्कबहादुर खत्री र सीता नेपालीको द्धन्द्धका कारण खेल मैदान निर्माणको कामै सुरु हुन नसकेको बताउँछन् ।

पहिले नै यहाँ खेल मैदान छ, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आएको बजेटले खेल मैदन अझ फराकिलो र व्यवस्थित हुन्थ्यो स्थानीयले काम गरेको आधारमा पैसा पाउँथे उनले भने, एक पक्षले आफू अनुकूल उपभोक्ता समिति गठन गर्न नपाउँदा आएको बजेटले कुनै काम हुन सकेन ।

वडाध्यक्ष खत्रीका अनुसार सो क्षेत्रबाट निर्वाचित सांसद खड्क खत्रीको अनुकूल समिति गठन नहुँदा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च नभएको हो । खेल मैदान निर्माणका लागि एक सय २२ जनाले रोजगारीका लागि वडा कार्यालयमा निवेदन दिएक थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा