शेरबहादुर-रामचन्द्रको सार्वजनिक कार्यक्रममै भनाभन

 

शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।

 

कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गर्दै अब अर्को अवसर खेर फाल्न नहुने आवश्यकता औंंल्याए । पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै आफूले कुनै अवसर खेर नफालेको स्पष्ट पारे । ‘मैले केमा अवसर खेर फालें ?’ देउवाले प्रश्न गर्दै भने ।

यसअघि सभामा नै पौडेल र देउवाबीच सामान्य भनाभन भएको थियो । त्यसमा उपसभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताए । निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसद्मा संख्या पुग्नुपरेन ? भनेर प्रश्न गरेका थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा