प्रकाण्डको नेतृत्वमा वार्ता टोली सार्वजनिक

काठमाडौँ फागुन १९: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले सरकारसँग वार्ता गर्न केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।सो पार्टीका महासचिव नेत्रबहादुर चन्द (विप्लव)ले एक विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्न अर्का नेता दीपकलाई जिम्मेवारी दिएको उल्लेख गरेका छन ।

सरकारले विप्लव समूहसँव बार्ता गर्न गृह मन्त्री रामबहादुर थापा (वादल)को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनुभएको छ ।सरकारले सो समूहसँग वार्ता गर्ने बताउँदै वार्ता टोली गठन गरेपछि सो समूहले पनि वार्तामा बस्ने निर्णय गरेको हो । विप्लव समूहले राजनीतिक वातावरण सहज बनाइदिन सरकारलाई आग्रह गरेको छ । सरकारले पनि वातावरण बनाएको भन्दै तत्कालै वार्तामा आउन सो समूहलाई आग्रहसमेत गरेको छ । सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।सरकार र विप्लव समूहबीच यही साता वार्ता हुने खानेपानी तथा सरसफाइ मन्त्री मणिकुमार थापाले जानकारी दिनुभयो । वार्ताका लागि सरकार र विप्लव समूहले वार्ता टोली बनाएकाले यही साताभित्र काठमाडौंमा नै वार्ता हुने उनले बताए ।

विप्लव समूहका २०६४ पक्राउ

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।उहाँका अनुसार मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन् । ‘१ सय ३६ जना पर्पुक्षका लागि काराकार चलान भएका छन्’, प्रवक्ता कुँवरले भन्नुभयो– ‘पक्राउ परेका ३२ जनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न