पूर्वमन्त्री शेरबहादुर तामाङ केपी शर्मा ओली समूहमा प्रवेश

 ८ मंसिर ,काठमाडौं । नेकपाका नेता एवम् प्रदेश नं १ सभाका सांसद उषाकला राईले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै जनताको बहुदलीय जनवाद (जबज) स्वीकार्दै केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा उभिने बताउनु भएको छ ।

नेकपा प्रचण्ड नेपाल समूहमा रहेका उषाकला राई र उहाको श्रीमान् पूर्वमन्त्री शेरबहादुर तामाङ सो समूह त्यागेर केपी शर्मा ओलीमा प्रवेश गरेपछी राईको स्टाटस आएको हो ।

हेर्नुस स्टाटस राईको स्टाटस

धेरै साथीहरू ले फोन गरेर हाम्रो बारेमा बुझ्न कोशिस गरीरहनु भएको छ । त्यसैले यो सार्बजनिक सूचना प्रेशित गर्दैछु।
हाम्रो कोहि प्रत्ति आरोप प्रत्यारोप आग्रह पुर्वाग्रह छैन। सबै नेताहरुप्रति उच्च सम्मान छ। पार्टी फुटको यो मोडमा हामि जस्ता पार्टीका ईमान्दार कार्यकर्ता हरु मर्माहत छौं। हाम्रो ब्यक्तिगत स्वार्थ केहि छैन। यो मुलुक बनोस् , राष्ट समृद्ध र स्वावलम्बि स्वाधीन बनोस् कामना यहि हो। यो काममा जीवनभर लागि नै रहने छौं यो हाम्रो प्रतिबद्धता हो । समाजबाद सपना मात्र होईन जनताको जीवनमा यथार्थ बनोस्। अझै पनि पार्टी एकतामा जान सकोस। हाम्रो पहिलो प्रयास र प्राथमिकता यहि छ । राष्ट्रको समृद्धि र बिकाश नै मुलुकको निकाश हो हाम्रो जोड यसैमा छ।
प्रस्ट रुपमा भन्नु पर्दा यतिखेर हामी समाननीय प्रधानमन्त्री क. केपि ओलिले नेतृत्व गर्नु भएको नेकपा पार्टीको पंक्तिमा उभिने र फेरी पनि जनताको बहुदलीय जनबाद्को आलोकमा पार्टि निर्माण र मुलुकको भविष्य निर्माण गर्ने कुरामा आबद्द हुने निर्णय गरेका छौ । जो साथिहरु नेताहरु जो जहा रहेपनि उतिकै सम्मान र माया व्यक्त गर्दछौं।लोकतान्त्रीक ब्यबस्थामा बिचार सबैका स्वतन्त्र छन। आफ्नो इच्छा र बिचार लागे अनुसार सबैले लाग्ने हो गर्ने हो। हाम्रो यतिखेरको बिचार र निर्णय सहि छ भन्ने लागेको छ हजुरहरु सबैको माया साथ सहयोग रहने छ भन्ने कुरोमा फेरी पनि बिस्वस्त्त छौं । यहि अनुरोध सबैमा गर्न चाहान्छौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित