कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना गर्न प्रतिस्पर्धा

काठमाडौं,माघ २१, राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम सुरु गर्नेभएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिए । विश्वविद्यालयले तीन महिना पछि सारेर भर्ना कार्यक्रम सुरु गर्नेभएको हो । यसअघि मङ्सिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो ।

पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले जानकारी दिए । विश्वविद्यालय मातहतका कलेजले भर्ना कार्यक्रम जारी राखेको र अब नतिजा आएलगत्तै आङ्गिक क्याम्पसमा समेत भर्ना खोलिने जनाइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले माघबाट स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । संस्कृत विश्वविद्यालयमा शैक्षिक सत्र कहिलेबाट प्रारम्भ गर्ने भन्ने निर्णय विश्वविद्यालयको सभाबाट गर्ने परम्परा छ ।

विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले माघबाटै स्नातक तहको पठनपाठन सुरु गरिने जानकारी दिए । विश्वविद्यालयले प्राकशास्त्री तह उत्तीर्ण गरेका विद्यार्थीलाई पुस महिनामै स्नातक तहमा भर्ना गरिसकेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।