निगरानीमा विप्लव समूह

ललितपुर, माघ १४: नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ गरेको थियो। फरार प्रतिवादीलाई पक्राउ गर्न जाँदा प्रहरीले बाँस्तोलासहित विवेक कुमाल र रखायल मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। अर्का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भने सोही ठाउँबाट फुत्किएका थिए।

पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी परिसरमा राखिएको छ। उनीहरूलाई पक्राउ गर्दा ल्यापटप, डायरीलगायत सामग्री बरामद  भएपछि त्यसैको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरकारको निर्देशनअनुसार नै उनीहरूको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान भइरहेको परिसर प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए। उनी भन्छन्, ‘सरकारको रणनीतिअनुसार अनुसन्धानका दायरा फराकिलो बनाएका छौं।’ नेता बाँस्तोलालाई विगतमा भएको बम विस्फोटनसम्बन्धी मुद्दा चलाइएको छ।

उनीविरुद्ध ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम बिस्फोट गराएको आरोपमा कर्तव्य ज्यान मुद्दा तथा फरार प्रतिवादीसम्बन्धी मुद्दा चलाइएको हो।

ललितपुर प्रहरीले विप्लव समूहका थुप्रै प्रभावशाली नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको बताउँदै एपी महर्जनले भने, ‘हालसम्म ३६ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ।’ ललितपुरको दक्षिण भेग भौगोलिक हिसाबले विकट भएकाले सोही क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न सक्ने ठहर गर्दै प्रहरीले नियमित गस्ती गरिरहेको छ। ‘हामीले ९० किलोमिटर टाढासम्म हेर्नुपर्छ’, महर्जनले भने ‘भौगिलिक हिसाबमा जस्तो भए पनि सुरक्षाका लागि पेट्रोलिङ बढाएका छौं। अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।